९ माघ २०८१, बुधबार | January 22, 2025

भुवनेश्वरी मन्दिर व्यवस्थापन समितिको साधारणसभा सम्पन्न



बुटवल । बुटवल-४ मा अवस्थित भुवनेश्वरी मन्दिर व्यवस्थापन समितिको २३ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको एक कार्यक्रमका बीच बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पान्डेयले उदघाटन गरे ।

उदघाटन कार्यक्रममा बोल्दै नगर प्रमुख पाण्डेयले संस्कार, अनुशासन, आचरण ,नैतिकता सिकाउने र गौरवको रुपमा रहेको मन्दिरको सबै मिलेर संरक्षण गर्नुपर्नेमा जोड दिए । उनले मन्दिरका लागि जुनै पनि बेला सहयोग गर्न तत्पर रहेको बताए ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका वडा नं ४ का अध्यक्ष नरिस्वर पौडेलले मन्दिरमा भजन कीर्तनले मनलाइ शान्त बनाएको उल्लेख गर्दै साना नानी बाबुहरुले पनि भजन किर्तनमा चासो राखेकोमा खुशी ब्यक्त गरे ।

साधरणसभाको अवसरमा ५ जना जेष्ठ नागरिक र भजन मण्डलीलाइ सम्मान गरिएको थियो ।

कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका सह सचिव तथा रबिन्द्रनाथ पगेंनीले आर्थिक तथा २०८०/८१ को अनुमनित बजेट पेश गरेका थिए । समितिथका अध्यक्ष जिवन ओझाको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा उपाध्यक्ष अरुण कुमार श्रेष्ठ, निवर्तमान अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठ, असोक कुमार कसौधनलगायतले साधारणसभाको सफलताको शुभकामना दिएका थिए ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  १० : ४४ बजे

खानेपानी संस्थाहरु करमुक्त गर्न माग

काठमाडौं । राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घले

तनहुँका १४ हजार छात्रालाई एचपिभी खोप लगाइँदै

तनहुँ । जिल्लाका १४ हजार बढी छात्रालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको

पेरिस सम्झौताबाट बाहिरिने राष्ट्रपति ट्रम्पको घोषणाले जलवायु वित्त कार्यान्वयनमा चुनौती

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार शपथ लिएसँगै दोस्रो

रवि लामिछाने आज रूपन्देही अदालतमा उपस्थित हुँदै

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज

देशभरको मौसम सफा रहने पूर्वानुमान

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको