१ जेष्ठ २०८३, शुक्रबार | May 15, 2026

भुवनेश्वरी मन्दिर व्यवस्थापन समितिको साधारणसभा सम्पन्न



बुटवल । बुटवल-४ मा अवस्थित भुवनेश्वरी मन्दिर व्यवस्थापन समितिको २३ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको एक कार्यक्रमका बीच बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पान्डेयले उदघाटन गरे ।

उदघाटन कार्यक्रममा बोल्दै नगर प्रमुख पाण्डेयले संस्कार, अनुशासन, आचरण ,नैतिकता सिकाउने र गौरवको रुपमा रहेको मन्दिरको सबै मिलेर संरक्षण गर्नुपर्नेमा जोड दिए । उनले मन्दिरका लागि जुनै पनि बेला सहयोग गर्न तत्पर रहेको बताए ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका वडा नं ४ का अध्यक्ष नरिस्वर पौडेलले मन्दिरमा भजन कीर्तनले मनलाइ शान्त बनाएको उल्लेख गर्दै साना नानी बाबुहरुले पनि भजन किर्तनमा चासो राखेकोमा खुशी ब्यक्त गरे ।

साधरणसभाको अवसरमा ५ जना जेष्ठ नागरिक र भजन मण्डलीलाइ सम्मान गरिएको थियो ।

कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका सह सचिव तथा रबिन्द्रनाथ पगेंनीले आर्थिक तथा २०८०/८१ को अनुमनित बजेट पेश गरेका थिए । समितिथका अध्यक्ष जिवन ओझाको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा उपाध्यक्ष अरुण कुमार श्रेष्ठ, निवर्तमान अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठ, असोक कुमार कसौधनलगायतले साधारणसभाको सफलताको शुभकामना दिएका थिए ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  १० : ४४ बजे

यस्तो छ अर्थमन्त्रीले तयार पारेको आगामी आर्थिक वर्षको बजेटको प्राथमिकता

काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधिको अत्यधिक उपयोग

फ्राइडे रिलिज : आजदेखि ‘एक मुठ्ठी बादल’ र ‘लाइफ ड्यामेज’ प्रदर्शनमा

काठमाडौं । फ्राइडे रिलिजअन्तर्गत आजदेखि दुई नेपाली चलचित्र ‘एक मुठ्ठी

अन्तरराष्ट्रिय परिवार दिवस आज मनाइँदै

काठमाडौं । दिगो विकास, सामाजिक समावेशिता र परिवारको सशक्त भूमिकामा

पश्चिमी वायुको प्रभावः देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको

पूर्वमन्त्री पाण्डेसहित ११ जना धरौटीमा थुनामुक्त

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित