१७ माघ २०८२, शनिबार | January 31, 2026

बाँकेमा पुल र सडकका एक सय ३२ आयोजना



नेपालगन्ज । जिल्लामा लुम्बिनी प्रदेश तथा स्थानीयस्तरका पुल र सडकसम्बन्धी एक सय ३२ आयोजना सञ्चालन हुने भएका छन् । चालु आर्थिक वर्ष २०८१/८२ मा तीमध्ये ५३ को सम्झौता भइसकेका, ५७ आयोजना मूल्याङ्कनको चरणमा र २२ आयोजनाको बोलपत्र आह्वान भइसकेको हो ।

सडक पूर्वाधार विकास कार्यालय नेपालगन्जका प्रमुख दीपक खड्काका अनुसार चालु आवमा निर्माण सुरु गर्नेगरी २२ आयोजनाको बोलपत्र आह्वान भएको छ । रु छ करोड ४३ लाख बराबरको सडक तथा पुलका आयोजना जिल्लाको नेपालगन्ज् उपमहानगरपालिका, कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका, बैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका, नरैनापुर गाउँपालिका, डुडुवा गाउँपालिकामा रहेका उनले जानकारी दिए ।

जिल्लामा सञ्चालित पुल र सडकका आयोजनालाई प्रदेशस्तरका प्रमुख राजमार्ग एवं प्रदेशका गौरवका योजना, प्रदेश पूर्वाधार विकास कार्यक्रम, प्रादेशिक सडक, साना सडक, स्थानीय तह पहुँच मार्ग, पर्यटनस्थल पहुँच मार्ग भनेर नामाकरण गरिएको सडक पूर्वाधार विकास कार्यालय नेपालगन्जले जनाएको छ ।

साथै सीमा सुरक्षापोष्ट सडक सञ्जाल कार्यक्रम, सीमा क्षेत्र विकास कार्यक्रम, कृषि सडक, सडक पुल क्रमागत, सडक पुल नयाँ र अधुरा ठेक्का व्यवस्थापनलगायत रहेका प्रमुख खड्काले बताए । सडक मर्मत, सुधार एवं सुरक्षा कार्यक्रमअन्तर्गत आवधिक मर्मतका साथै नियमित मर्मत भइरहेको उनले जानकारी दिए । सीमित स्रोत र साधनका कारण काम गर्न असहज भइरहेको प्रमुख खड्काले बताए ।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  २ : ५० बजे

स्थानीय र प्रदेश निर्वाचनअघि कांग्रेसको १५ औँ महाधिवेशन हुन्छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह

म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना

बालेन साहको घरमा तोडफोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक