४ पुस २०८२, शुक्रबार | December 20, 2025

कोहलपुरमा पहिलोपटक समलिङ्गी विवाह दर्ता



कोहलपुर । देशका बिभिन्न जिल्लामा समलिङ्गी विवाहले सरकारी मान्यता नपाएर तेस्रो लिंगी समुदायले समस्या भोगिरहेको अवस्थामा बाँकेको कोहलपुर नगरपालिकामा भने पहिलो पटक समलिङ्गी विवाह दर्ता भएको छ । तेस्रो लिंगी समुदायले राज्यको विभिन्न निकायबाट आफ्नो पहिचान समेत नपाएर बस्न विवश हुनु परिरहेको अवस्थामा कोहलपुर नगरपालिकाको एउटा वार्डमा समलिङ्गी विवाह दर्ता भएको हो ।

कोहलपुर नगरपालिका–१४ को वडा कार्यालयमा जाजरकोटकी ३० वर्षीय सञ्जु विक र कोहलपुर–१४ की २९ वर्षकी रिचा सुनारले समलिङ्गी विवाह दर्ता गराएका छन् । कोहलपुर–१४ का वडाध्यक्ष नमबहादुर आलेमगरले वडा कार्यालयले नगरभित्रै पहिलो पटक समलिङ्गी विवाह दर्ता गरेको जानकारी दिए । बिवाहित जोडीको परिवारसँग समेत कुराकानी गरेर दुवैको राजीखुसीमा विवाह दर्ताको प्रमाणपत्र उपलब्ध गराइएको उनले बताए । विवाह दर्तापछि विवाहित जोडी दुबैले खुसी व्यक्त गरेका थिए ।

समलिङ्गी विवाह दर्ता गर्न राष्ट्रिय परिपत्र तथा पञ्जीकरण विभागले गत वैशाख १२ गते सबै स्थानीय तहलाई परिपत्र जारी गरेको थियो । वडा सचिव हरिकृष्ण चौधरीले विभागको परिपत्र अनुसार अस्थायी अभिलेख रहने गरी विवाह दर्ताको प्रमाणपत्र दिइएको बताए ।

कोहलपुरमा समलिङ्गी विवाह दर्ता पहिलो पटक भएको वडा सचिव चौधरील जनाए । उनले अन्य कुनै जोडी आए उनीहरुको पनि प्रक्रिया पूराएर विवाद दर्ता हुने बताए ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहिबार  ८ : ५३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको