३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

पढ्दै गर्ने, सीप सिक्दै गर्ने र रोजगारी पनि दिने खालको शिक्षा अहिलेको आवश्यकता



नेपालगन्ज । लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले नेपालगन्जमा रहेको लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई चलायमान बनाउन आवश्यक रहेको बताएका छन् । प्राविधिक विश्वविद्यालयले नेपालगन्जमा आयोजना गरेको शैक्षिक अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै उनले विश्वविद्यालय यसक्षेत्रका विद्यार्थीहरुका लागि प्राविधिक ज्ञानको अवसर प्रदान गर्ने थलो भएकाले यसलाई चलायमान बनाउन आवश्यक रहेको बताएका हुन् ।

उनले प्राविधिक विश्वविद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै रोजगारीको अवसर सिर्जना गर्ने बताए । विश्वविद्यालय थपेर मात्रै काम नभएको उल्लेख गर्दै उनले गुणस्तरीय शिक्षा प्रदान गरेर रोजगारी सुनिश्चित गर्ने खालको शिक्षा अहिलेको आवश्यक भएको बताए । ‘विश्वविद्यालयहरु अव त्यसतर्फ केन्द्रीत हुन आवश्यक छ ।’ उनले भने ।

पढ्दै गर्ने, सीप सिक्दै गर्ने र रोजगारी पनि दिने खालको शिक्षा अहिलेको आवश्यकता रहेको उनले बताए । अहिले ठूलो जनशक्ति विदेश पलायन भइरहेको भन्दै यही अवस्था रहिरहे भोलि मलामी जाने मान्छे समेत गाउँमा भेट्न मुश्किल पर्ने उनको भनाइ छ ।विश्वविद्यालयका सहकुलपति समेत रहेका मन्त्री तिमिल्सिनाले अवको शिक्षा नेपालमै रोजगारी सिर्जना गर्ने खालको हुन आवश्यक रहेकोमा जोड दिए ।

बाँके र बर्दियाका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरु समेत सम्मेलित अन्तरक्रियामा बोल्ने सहभागिहरु दक्ष जनशक्ति पाउनै मुश्किल परिरहेको उल्लेख गर्दै मागमा आधारित जनशक्ति उत्पादन गर्नतर्फ विश्वविद्यालयले ध्यान दिनुपर्नेमा जोड दिए ।

विश्वविद्यालयका रजिस्टर रेगबहादुर भण्डारीले विश्वविद्यालय स्थापनाको उद्देश्य र हालसम्म शिक्षा क्षेत्रमा पु¥याएको योगदानमाथि चर्चा गरेका थिए । उनले विश्वविद्यालयको शैक्षिक र अनुसन्धान कार्यहरूमा केन्द्रित एक्सिलेन्सी र डिजिटल शिक्षालाई प्राथमिकता दिइरहेको जानकारी दिए ।

हालसम्म स्नातक तहका प्राविधिक फ्याकल्टीहरूमा १५० विद्यार्थी भर्ना भइसकेको र निकट भविष्यमा स्नातकोत्तर तहमा आर्टिफिसियल इन्टेलिजेन्स र अनुसन्धानका विषय समावेश गरिने उनले बताए ।

कार्यपत्र प्रस्तुत गर्दै निवर्तमान राष्ट्रिय योजना आयोग लुम्बिनी प्रदेशका अध्यक्ष नकुल केसीले विश्वविद्यालयले डिजिटल शिक्षालाई आर्थिक आयआर्जनसँग जोडेर युवाहरूलाई सक्षम बनाउनु आवश्यक रहेको धारणा राखेका थिए । उनले गुणस्तरीय शिक्षाको माध्यमबाट स्थानीय र बाह्य विद्यार्थीहरूलाई आकर्षित गर्न विश्वविद्यालयको भूमिकामा जोड दिए ।

 

प्रकाशित मिति : २० मंसिर २०८१, बिहिबार  १० : ०६ बजे

मनकामना माइक्रोबस दुर्घटनाः थप एकको मृत्यु, आठ जना घाइते

गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु

बाँकेमै पहिलो पटक ‘खजुरा नाइट फुटबल’ सुरु

खजुरा । बाँकेको खजुरामा बाँके जिल्लामै पहिलो पटक रात्रीकालीन फुटबल

‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ विश्व सम्मेलनमा

मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना हुँदा छ जनाको मृत्यु

गोरखा । यहाँको मनकामना मन्दिर दर्शन गरेर फर्किंदै गरेको यात्रुवाहक

दुई दिनदेखि हराएका युवकको शव फेला

कालीकोट । बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र