३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

बुटवलको औद्योगिक व्यापार मेलामा मुख्य ७ विधामा प्रतियोगिता हुने



बुटवल । बुटवलको मेलामा मुख्य ७ विधामा प्रतियोगिता हुनेछन् । मेला आयोजक बुटवल उद्योग वाणिज्य संघका अनुसार यहि पुसको १८ गतेसम्म अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल बुटवल मण्डपमा सञ्चालन गरिने मेलामा मुख्यतया ७ विधामा प्रतियोगिता गर्न लागिएको हो ।

१६ दिनसम्म सञ्चालन गरिने मेलामा लोक दोहोरी प्रतियोगिता, भ्वाईस अफ बुटवल, विद्यालय स्तरीय लोक दोहोरी प्रतियोगिता, माध्यमिक विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, भजन चुट्का प्रतियोगिता, हास्यव्यङ्ग्य प्रतियोगिता र टिकटक प्रतियोगिता गर्न लागिएको मेला कार्यसम्पादन समितिका संयोजक तथा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले जानकारी गराए ।

त्यसबाहेक मेला स्थलमा अन्य प्रतियोगिताहरु पनि हुने छन् । मेलामा लोक संस्कृतिसंग सम्बन्धित विषयमा ५ वटा विधामा प्रतियोगिता गराउन लागिएको छ भने मेलाको प्रचार प्रसारमा समेत टेवा पुग्नेगरी टिकटक प्रतियोगिता गर्न लागिएको छ । त्यसैगरी बुटवलमै पहिलो पटक हास्यव्यङ्ग्य प्रतियोगिता गर्न लागिएको हो । प्रतियोगितामा उत्कृष्ट हुनेलाई पुरस्कार प्रदान गरिने छ ।

मेला कार्यसम्पादन समितिका सहसंयोजक तथा सांस्कृति कार्यक्रम समन्वयकर्ता टंकप्रसाद गैरेका अनुसार लोक दोहोरी प्रतियोगितामा प्रथम हुने समुहलाई ७५ हजार रुपैंया नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै द्वितीय हुने समुहलाई ५० हजार, तृतीय हुने समुहलाई २५ हजार र सान्त्वना हुने समुहलाई ११ हजार रुपैंया नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिने छ ।

बुटवल उद्योग वाणिज्य संघले सञ्चालन गर्ने मेलाको अर्को मुख्य आकर्षण हो ‘भ्वाईस अफ बुटवल’ । भ्वाईस अफ बुटवलमा प्रथम हुनेलाई पुरस्कार ५५ हजार रुपैंया, द्वितीय हुनेलाई ३० हजार रुपैंया र तृतीय हुनेलाई २० हजार रुपैंया नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिने छ ।

औद्योगिक व्यापार मेला बुटवल-२०८१ मा विद्यालय स्तरीय लोक दोहोरी प्रतियोगिता पनि समावेश गरिएको छ । यो प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार, द्वितीय हुनेलाई १० हजार, तृतीय हुनेलाई ५ हजार र सान्त्वना स्थानमा आउनेलाई ३ हजार रुपैंया नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिने छ ।

माध्यमिक विद्यालय स्तरीय लोकनृत्य प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार, द्वितीय हुनेलाई १५ हजार, तृतीय हुनेलाई १० हजार र सान्त्वना हुनेलाई ५ हजार रुपैया नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिने छ । त्यस्तै भजन चुट्का प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार, द्वितीय हुनेलाई १० हजार र तृतीय हुनेलाई ५ हजार रुपैंया नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिने छ ।

यो मेलामा अर्को नयाँ विधामा टिकटक प्रतियोगिता गर्न लागिएको छ । मेलाको प्रचारप्रसारलाई समेत सहयोग हुनेगरी मेलामा टिकटक प्रतियोगिता गर्न लागिएको हो । टिकटक प्रतियोगिता भने यहि मंसिरको २५ गतेदेखि सुरु हुनेछ । टिकटक प्रतियोगितामा प्रथम हुनेलाई २० हजार, द्वितीय हुनेलाई १० हजार र तृतीय हुनेलाई ५ हजार रुपैंया नगद पुरस्कार प्रदान गरिने मेला सचिवालयले जनाएको छ ।

त्यस बाहेक मेलामा सांस्कृतिक कार्यक्रम पनि हुनेछ । मेलामा लोक सांस्कृतिक, आधुनिक लगायतका कलाकारहरुको प्रस्तुती तथा राष्ट्रिय स्तरमै पहिचान बनाएका कलाकारहरुको नृत्य समेत रहने मेला कार्यसम्पादन समितिका सदस्य तथा सांस्कृति कार्यक्रम संयोजक निर्मित कसजूले जानकारी गराए ।

‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मुल नारा सहित सञ्चालन गर्न लागिएको मेलामा सरदर ५ सय स्टल रहने छ । जसमा १० वटा विषयगत पेभिलियन निर्माण गरिने छ । त्यस्तै कृषि पेभिलियनमा प्राङ्गारिक उत्पादनलाई प्राथमिकता दिईएको छ भने व्यूटि पेभिलियन तर्फ उपत्यका बाहिर पहिलो पटक व्यूटि एक्स्पोको तयारी गरिएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  ४ : ५६ बजे

लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिताको दुई विधाको उपाधी आयोजकलाई

बुटवल । बुटवलमा सम्पन्न चौथो लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन

बुटवल-११ योगिकुटीस्थित देवस्थल मन्दिरमा शनिदेव र बजरंगी हनुमानको प्राण प्रतिष्ठा

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका-११ योगिकुटीस्थित देवस्थल मन्दिरमा शनिदेव तथा

प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर

काठमाडौं । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा

जनताबीच पार्टी र नेतृत्वबारे वास्तविकता पुर्‍याउन नसक्दा प्रतिकूल जनमत आयो : एमाले

काठमाडौं । नेकपा (एमाले)ले पार्टी र नेतृत्वविरुद्ध निर्माण गरिएको भाष्यको

श्रम संस्कृति पार्टीले टुंग्यायो समानुपातिक सांसदको नाम

काठमाडौं। श्रम संस्कृति पार्टीलेले प्रतिनिधिसभामा समानुपातिक प्रणालीबाट पठाउने सांसदहरूको नाम