९ माघ २०८१, बुधबार | January 22, 2025

बुद्ध एयरले थप्यो १९ औँ एटिआर विमान



काठमाडौँ । निजी क्षेत्रको हवाई कम्पनी बुद्ध एयरले १९ औँ एटिआर विमान भित्र्याएको छ । नयाँ एटिआर–७२ विमान थपेसँगै कम्पनीसँग एटिआर–७२ सिरिजका विमानको सङ्ख्या १६ पुगेको छ । नयाँ विमानको आवश्यक कागजी प्रक्रिया पु¥याई डिसेम्बर महिनाको अन्त्यबाट व्यावसायिक उडानमा ल्याइने बुद्ध एयरले विज्ञप्तिमार्फत जनाएको छ ।

बुद्ध एयरले कल साईन नाईन एन–एओजी विमान फ्रान्सको एटिआर कम्पनी, तुलुसबाट खरिद गरेर ल्याएको जनाएको छ । हाल सो कम्पनीसँग तीन वटा एटिआर–४२–३२० र १६ वटा एटिआर–७२–५०० जहाज रहेका छन् ।

हवाई उडानलाई सहज र सरल बनाउने प्रतिबद्धताअनुरूप नयाँ विमान थप गरिएको बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले जानकारी दिए ।

बुद्ध एयरले आन्तरिकतर्फ हाल दैनिक एकसय ४० भन्दा बढी उडान भरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  ९ : ५० बजे

चिसो बढेपछि नेपालगञ्जका शैक्षिक संस्था बन्द

बाँके । चिसो बढेपछि नेपालगञ्जका सामुदायिक र संस्थागत विद्यालयमा तीन

बागलुङको जैमिनिघाटमा पर्वत जोड्ने मोटरेवल पुल निर्माण सम्पन्न

बागलुङ । कालीगण्डकी नदीमा रु १३ करोड १२ लाख ४९

टर्कीको होटलमा आगलागीमा परी ६६ जनाले गुमाए ज्यान

टर्की । टर्कीको एक होटलमा भएको आगलागीमा परी ज्यान गुमाउनेको

चिसोले महोत्तरीमा श्वासप्रश्वासका बिरामी बढे

महोत्तरी । निरन्तरको चिसोले महोत्तरीमा श्वासप्रश्वासका बिरामी बढेका छन् ।

गैँडाको आक्रमणबाट मृत्यु

चितवन । गैँडाको आक्रमणबाट भरतपुर महानगरपालिका–५ विकासचोकका ५५ वर्षीय शिवराज