२० फाल्गुन २०८२, बुधबार | March 5, 2026

स्केट एड नेपालद्वारा तिलोत्तमामा सामुदायिक पुस्तकालय बनाउने



बुटवल । रूपन्देहीको तिलोत्तमामा रहेको स्केट पार्क तथा सामुदायिक केन्द्रमा पुस्ताकालय स्थापना गरिने भएको छ । स्केट एड नेपालले तिलोत्तमा नगरपालिका वडा न. ४ डिङगरनगरमामा दोस्रो चरणको परियोजना अन्तर्गत सामुदायिक पुस्ताकालय भवन निर्माण गर्ने भएको हो ।

शनिबार पत्रकार सम्मेलन गरी जापानीज स्केटर तथा युटुबर सिमन ईवाजावाको सहयोग र चन्दा संकलनबाट खेलाडीहरुलाई लक्षित गरी पुस्ताकालय भवन निर्माण गर्न लागिएको जनाएको छ । अनुमाननित ३५ लाख लागतमा निर्माण गरिने पुस्तकालयले बालबालिकाहरुलाई खेलसँगै अतिरिक्त ज्ञानबृद्धिमा सहयोग गर्ने विश्वास लिइएको स्केटएड नेपालका अध्यक्ष जागृत पहाडीले बताए ।

उनले पुस्ताकालयमा विश्वभरका खेल र अन्य ज्ञानसँग सम्बन्धित पु्स्तकहरु राखिने र पार्कमा स्केटका लागि आएका बालबालिकाहरुलाई बसेर होमवर्क गर्न मिल्ने गरी संरचना बनाइने बताए ।

पहिला चरणमा स्केट पार्क (खेल मैदान) बनाइएको र अब दोस्रो चरणमा पुस्ताकालय भवन निर्माणको योजना शुरु गरिएको अध्यक्ष पहाडीले बताए । स्केटपार्क बनेसँगै अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने स्केटर जन्माउन सफल भएको समेत उनले बताए ।

पुस्ताकालय निर्माणका लागि सहयोगको घोषणा गरेका जापनिज स्केटर तथा युटुभर सिमनले आफूले नेपालका बालबालिकाहरुलाई स्केटमा आर्कषित गर्न र अध्ययनमा सहयोग गर्ने गरी पुस्तकालय भवन निर्माणमा सहयोग गर्न पाएकोमा खुशि व्यक्त गरे । सिमनले जापनामा पुस्तकालय भवन निर्माणका लागि अभियान चलाएर सहयोग गर्ने भएका हुन ।

निर्माण हुने पुस्तकालयको निशुल्क सेवा लिन पाईने स्केट एड नेपालका सचिव विजय तामाङले बताए । उनका अनुसार हाल स्केट पार्कमा ४० जना बालबालिकाहरूले निशुल्क स्केटको सेवा लिइरहेका छन् । स्केट खेलसँगै बालबालिकाहरुलाई कोर्सको किताब, कापी र खेलकुदका सामाग्री समेत दिने गरिएको आयोजकले बताए । तिलोत्तमा रहेको स्केट पार्कमा दक्षिणएसियाली स्तरीय प्रतियोगिता पनि हुँदै आएको छ ।

बुटवल तिलोत्तमाबाट शुरु भएको स्केट पार्क (खेलमैदान) अभियान काठमाडौं, चितवन हुँदै अहिले देशव्यापी बनेको अध्यक्ष पहाडीले बताए । स्केट एड नेपालको तिलोत्तमा स्थित स्केट पार्कमै सिकेर केही दिनअघि कोरियाको जिन्जुमा भएको एसियाली स्केटबोर्ड प्रतियोगितामा बुटवलका यम हादुर कामु र अभिषेक परियार उत्कृष्ट १६ मा परेका छन् । २०१९ देखि तिलोत्तमा स्थित स्केट पार्कमा स्केटबोर्डका निशुल्क प्रशिक्षण तथा विभिन्न प्रतियोगिता हुँदै आएको छ । यसका साथै यहाँ विभिन्न देशका स्केटरहरु आएर स्वयमसेवि रुपमा निशुल्क सेवा दिन आउने गर्छन् । अहिले पनि अमेरिकाका जोनाथन र डेनमार्ककका मेटिश जोथन स्वयसेवाका लागि आएका छन् ।

प्रकाशित मिति : २२ मंसिर २०८१, शनिबार  ३ : ३५ बजे

निर्वाचन विरोधी गतिविधि गर्ने ९२ जना हिरासतमा, १०३ जना सोधपुछपछि छुटे

काठमाडौँ । निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १९५ जनालाई पक्राउ गरिएकामा

रुपन्देही–३ का स्वतन्त्र उम्मेदवार महेन्द्र यादव बैंकिङ कसुरमा पक्राउ

भैरहवा । रुपन्देही निर्वाचन क्षेत्र नं ३ बाट स्वतन्त्र उम्मेदवारी

बुटवलको इट्टाभट्टीमा दुई समुहबीच विवाद

बुटवल । बुटवल ९ इट्टाभट्टी टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी र

शान्तिपूर्ण रूपमा निर्वाचन हुनेमा संयोजक प्रचण्ड विश्वस्त

चितवन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मौन अवधिमा नगदसहित पक्राउ परेका जसपा उम्मेदवार यादव छुटे

सिरहा । प्रतिनिधिसभा निर्वाचनको मौन अवधि सुरु भएलगत्तै नगदसहित पक्राउ