७ श्रावण २०८३, बिहिबार | July 23, 2026

चारपाला सामुदायिक वनको ३१ औँ वार्षिक साधारणसभा सम्पन्न



बुटवल । बुटवल उपमहानगरपालिका-१२ तामनगरस्थित चारपाला सामुदायिक वन उपभोक्ता समूहको ३१ औँ वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ ।

साधारणसभाको डिभिजन वन कार्यालय रुपन्देहीका प्रमुख प्रविण विडारीले उद्घाटन गरे । सोही अवसरमा बोल्दै उनले सामुदायिक वन देशकै समृद्धिसँग जोडिएको प्राकृतिक स्रोत भएकाले यसलाई उच्चतम प्रयोग गरी आर्थिक समृद्धिसँग जोडिनुपर्ने बताए ।

खेती योग्य जमिनका छेउछाउ र खाली रहेका सार्वजनिक जग्गामा तारबार गरी वृक्षारोपण गर्न सके राम्रो आम्दानी सँगै पछिल्लो समय बढ्दै गएको जलवायु परिवर्तनको असर समेत कम हुनेमा उनले विश्वास व्यक्त गरे ।

कार्यक्रममा बुटवल-१२ का वडाध्यक्ष डिल्लीप्रसाद आचार्यले सामुदायिक वनको संरक्षक उपभोक्ताहरू नै रहेको बताए । वनलाई कृषिसँग जोडेर कार्यक्रम गर्दा स्थानीयको आर्थिक अवस्थामा सुधार गर्न सकिनेमा उनले जोड दिए । वन क्षेत्रको विकासका लागि वडाले बिभिन्न योजनाहरू अगाडि सारेको जानकारी गराए ।

सामुदायिक वन उपभोक्ता महासंघ रुपन्देहीका अध्यक्ष श्यामकला आचार्यले वनमाथि तीन तहका सरकारले लगाउँदै आएको कर व्यवहारिक नभएको बताउँदै विभिन्न निकायमा कर बुझाउनु पर्दा खर्च व्यवस्थापन र सञ्चालन गर्नसमेत समस्या भइरहेको बताइन् ।

चारपाला सामुदायिक वनका अध्यक्ष जगतनाथ शर्माले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै वर्षभरी गरेका बिभिन्न कार्यक्रम तथा आगामी योजनाहरुबारे जानकारी गराए । वनको संरक्षण, विकास र प्रवद्र्धन गर्दै, पर्यापर्यटन र सामाजिक विकासमा वनले काम गर्दै आएको बताए । वन क्षेत्रका विभिन्न ठाउँमा वन संरक्षण सचेतना सामग्री राखिएको जानकारी गराउँदै अध्यक्ष शर्माले वनको संरक्षणमा सबैजनाले सहयोग र सहकार्य गर्दै अघि बढ्नुपर्ने बताए ।

कार्यक्रममा संस्थाका कोषाध्यक्ष राजु गौडेलले आर्थिक प्रतिवेदन पस्तुत गर्दै वन पैदवार, विभिन्न संघसस्था तथा सरकारबाट सहयोग र अन्य आम्दानी शिर्षकबाट २ करोड २२ लाख ८४ हजार ४७५ रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको बताए । चारपाला क्षेत्रफल र उपभोक्ताका हिसावले देशैको ठूलो सामुदायिक वन हो । यसको क्षेत्रफल २०१०.०४ हेक्टर रहेको छ भने रुपन्देहीको कुल वन क्षेत्रमध्ये ७.९५५ क्षेत्रफल ओगटेको छ ।

बुटवल उपमहानगरपालिका, सियारी गाउँपालिका र शुद्धोधन गाउँपालिकामा फैलिएको चारपाला वनमा हाल १५ हजार घरधुरी सदस्य रहेका छन् । वनले आफ्नै नर्सरी सञ्चालन गरी वार्षिक १५ हजार बिरुवा उत्पादन गरी उपभोक्तालाई वितरण गर्ने तथा सार्वजनिक नदि उकास क्षेत्रको संरक्षण सँगै वृक्षरोपण गर्ने लक्ष्य लिएको छ ।

साथै वनले सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष रक्तदान, सरसफाई, दाउरा वितरण, अनुदान तथा विभिन्न संघसस्थाहरुलाई सहयोग प्रदान गर्दै आएको कार्यालय सचिव विनोद आचार्यले जानकारी दिए । उपाध्यक्ष रामकुमारी पौडेलको स्वागत तथा सचिव दुर्गा पाठक पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ४ : ५८ बजे

विश्वकप लिग-२ : पहिलो जितको खोजीमा नेपाल, आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यक : महालेखापरीक्षक राया

काठमाडौं । महालेखापरीक्षक तोयम रायाले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस आज मनाइँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको

साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन : पशुसेवा विभाग

चितवन । पन्छीमा देखिएको बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ