७ श्रावण २०८३, बिहिबार | July 23, 2026

चारपाला सामुदायिक वनको ३२ औं साधारणसभा सम्पन्न



बुटवल । चारपाला सामुदायिक वन उपभोक्ता समूह बुटवल-१२ को ३२ औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । वनका अध्यक्ष जगतनाथ शर्माको अध्यक्षता तथा डिभिजन वन कार्यालय, रुपन्देहीका अधिकृत प्रविण विडारीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

साधारणसभामा बोल्दै वनको विकास र संरक्षणमा समुदायको योगदान महत्वपूर्ण रहेको बताए । उनले पछिल्लो समय वन क्षेत्रमा ठूलो उपलब्धी हाँसिल भएको बताउदै वन क्षेत्रको विकासको लागि वन कार्यालयको तर्फबाट सक्दो सहयोग हुने बताए ।

वनका अध्यक्ष जगतनाथ शर्माले वनको संरक्षण, विकास र प्रवद्र्धन गर्दै, पर्यापयटन र सामाजिक विकासमा वनले काम गर्दै अघि बढेको बताए । वनका विभिन्न ठाउँमा वन संरक्षण सचेतना सामग्री पनि राखिएको शर्माको भनाइ छ । वन क्षेत्रभित्र रहेको सिमसार क्षेत्रको संरक्षण तथा पानीका मुहानको पहिचान गरी वन क्षेत्रका आवश्यक स्थानहरुमा वन्यजन्तुहरुका पानीका वाटर रिर्जभेसन लागि पोखरी निर्माण पनि गरेको शर्माले जानकारी दिए ।

चारपाला वनमा रहेका बुद्धकालीन भग्नावशेषलाई संरक्षण गर्न सके यस क्षेत्रले पर्यटन विकासमा समेत योगदान पुग्ने देखिन्छ । वनमा दुर्लभ जंगली जनावरहरु पनि फेला परेका छन् ।

वनका सल्लाहकार दुर्गा सुवेदीले चारपालामा तटबन्ध, वन पथ, वृक्षरोपण, तथा तारवार जस्ता वनको विकासका कार्यक्रम बढाएर वन संरक्षणमा राम्रो भूमिका निभाएको बताए । सामुदायिक वन उपभोक्ता समूह, रूपन्देहीका अध्यक्ष श्यामकली आचार्य वन रुपन्देहीका वन संरक्षणको काम राम्रो रहेको बताइन ।

चारपाला वन क्षेत्रफल र उपभोक्ताको हिसावले नेपालकै ठूलो सामुदायिक वन हो । चारपाला वनको क्षेत्रफल २ हजार १० हेक्टर रहेको छ । जुन रुपन्देहीको कूल वन क्षेत्रको झण्डै ८ प्रतिशत हुन आउछ । चारपाला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जगतनाथ शर्मा पौडेलको अध्यक्षता, उपाध्यक्ष रामकुमारी पौडेलको स्वागत तथा सचिव दुर्गा पाठक पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ३ : ४३ बजे

विश्वकप लिग-२ : पहिलो जितको खोजीमा नेपाल, आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यक : महालेखापरीक्षक राया

काठमाडौं । महालेखापरीक्षक तोयम रायाले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस आज मनाइँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको

साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन : पशुसेवा विभाग

चितवन । पन्छीमा देखिएको बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ