२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

व्यवस्था परिवर्तनपछि अवस्थामा परिवर्तन हुँदै आएको छ : प्रधानमन्त्री ओली



झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको गौरादह नगरपालिका-४ र ५ अन्तर्गतको जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण कार्यको आज यहाँ शुभारम्भ गरेका छन ।

साबिक महारानीझोडा गाविसका चार हजार घरधुरीका करिब आठ हजार कित्ता जग्गाको नापी प्रमाणित नभएका कारण लामो समयदेखि समस्या झेलिरहेका स्थानीयवासीले नेपाल सरकारको पछिल्लो निणर्यसँगै जग्गा प्राप्त गर्न लागेका हुन् । वर्तमान सरकारले गठन आदेशबाट समिति बनाई समाधानको पहल गरेपछि जग्गाधनी प्रमाणपूर्जा वितरण कार्य सम्भव भएको हो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले व्यवस्था परिवर्तनपछि जनताको अवस्थामा परिवर्तन भएन भन्नेहरुका लागि जवाफ मिल्ने गरी अहिलेको संयुक्त सरकारले काम गरिरहेको बताउँदै जनताको हरेक समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मुलुकमा अस्थिरता मच्चाउने र देशको समस्या समाधान भएको देख्न नसक्नेहरुले सरकार ढल्न लाग्यो भनेर हल्ला फैलाए पनि त्यो कदापि सम्भव नहुने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठनका क्रममा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच भएको सहमतिअनुसार अबको १८ महिनापछि कांग्रेसका सभापतिलाई सत्ता हस्तान्तरण गर्ने पुनः स्मरण गराए ।

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार  ४ : ३३ बजे

विशिष्ट साहित्यकार डा. राजेन्द्र विमलको निधन

काठमाडौं । विशिष्ट साहित्यकार डा. राजेन्द्र विमलको ८१ वर्षको उमेरमा

‘पार्वती’को ‘मेरो दिदी’ सार्वजनिक, दिदी-भाइको भावनात्मक कथा

काठमाडौं । आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न

दोसल्लेका नौ घरपरिवार विस्थापित

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-७ हिस्तानको फेकण्डो भिर चर्किएर पहिरो

फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका-६ ठूलोदुम्मा र हतुवागढी गाउँपालिका-६ को