१० श्रावण २०८३, आइतबार | July 27, 2026

स्थानीय उत्पादन बजारीकरण गर्न कोसेली घर कार्यक्रम



काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ३२ वटै वडामा भएका स्थानीय उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यले कोसेली घर कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

‘एक वडा, एक नमूना’ कार्यक्रमअन्तर्गत ३२ वटै वडामा उत्पादन भएका फरक–फरक उत्पादनका आधारमा उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको महानगरपालिकाका सामाजिक विकास विभाग प्रमुख समीक्षा निरौलालाले जानकारी दिइन । प्रत्येक वडामा उत्पादन भएका सामग्रीलाई कोसेली घरमा जम्मा गर्ने र सोहीमार्फत बिक्री गर्नेगरी उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको हो । यसका लागि महानगरपालिकाले चालु आर्थिक वर्षका लागि रु पाँच लाख विनियोजना गरेको छ ।

स्थानीय स्रोतसाधनलाई परिचालन गरेर उत्पादन गर्न सकिने सामग्री गुन्द्रुक, सिन्की, मकै, विभिन्न प्रकारका अचार र काष्ठकलाबाट बनेका सामग्री कोसेली घरमार्फत बिक्रीका लागि राख्ने तयारी छ । यसका लागि अहिले ‘कोसेली घर सञ्चालन कार्यविधि’ निर्माणको चरणमा छ ।

बैंकमार्फत निःशुल्क कपडा वितरण

महानगरपालिकाले स्वर्णिम योजनाअन्तर्गत कपडा बैंक सञ्चालन गरी आवश्यक पर्नेलाई निःशुल्क वितरण गर्ने भएको छ । यसका लागि कार्यविधि तयार गर्ने काम भइरहेको छ । आगामी पुसभित्र कार्यविधि तयार गरिने र त्यसलगत्तै कपडा बैंक सञ्चालनमा ल्याउने तयारी छ ।

प्रमुख निरौलालाका अनुसार ३२ वटै वडामा कम्तीमा एक–एक कपडा सङ्कलन केन्द्र राखिने छ । वडामा सङ्कलन भएको कपडाका लागि महानगरपालिकाले मर्मत केन्द्र तयार गर्नेछ । त्यस केन्द्रमार्फत जम्मा भएको कपडाको छनोट हुने र मर्मतपछि पनि प्रयोग गर्न नमिल्लेलाई महानगरपालिकाले सिरक, डसना बनाउने छभने सामान्य मर्मत वा मर्मत नै नगरी प्रयोग गर्न सकिनेलाई सोहीअनुसार प्याकिङ र वितरण गर्ने तयारी रहेको प्रमुख निरौलाले बताइन ।

यसरी तयार गरिएको सामग्री महानगरपालिकाले आवश्यक भएको व्यक्तिलाई निःशुल्क वितरण गर्नेछ । कपडा बैंक सञ्चालनमा प्रयोगविहीन कपडाको प्रयोग बढ्नुका साथै कपडाजन्य वस्तुबाट हुने वातावरण प्रदूषणमा कमी आउने विश्वास गरिएको छ । कार्यविधि बन्ने चरणमा रहेकाले वितरणका लागि कति स्थान तय गर्ने भन्ने विषय अहिले नै यकिन नभएको उनले जानकारी दिइन। यस कार्यक्रमका लागि महानगरपालिकाले चालु आर्थिक वर्षमा रु ५० लाख विनियोजन गरेको छ ।

 

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  ९ : ५७ बजे

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै

नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले