५ पुस २०८२, शनिबार | December 20, 2025

पत्रकार महासंघमा निर्वाचितलाई बुद्ध सामुदायिक टेलिभिजनमा सम्मान



बुटवल । नेपाल पत्रकार महासंघको अधिवेशनबाट निर्वाचित भएकालाई बुद्ध सामुदायिक टेलिभिजनले सम्मान गरेको छ । मंसिर २८ गते सम्पन्न महासंघको केन्द्र, प्रदेश र जिल्लामा विभिन्न पदमा निर्वाचित भएका पत्रकारलाई टेलिभिजनले एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो ।

टेलिभिजनका सल्लाहकार रामराज पोखरेल केन्द्रीय सदस्य, कार्यकारी प्रमुख कपिल ज्ञवाली प्रदेश पार्षद, समाचार संयोजक ललित कुमार पाण्डेय जिल्ला सदस्य पद र संबाददाता तथा समाचार बाचक छाया पन्त प्रदेश पार्षदमा निर्वाचित भएका हुन । यस्तै जिल्ला सदस्य पदमा संवाददाता कल्पना डुम्रे ज्ञवाली, दिनेश कुमार श्रेष्ठ, राम भण्डारी, रबिन्द्र गुप्ता र अनिता चौधरी निर्वाचित भएका हुन ।

सम्मान कार्यक्रममा बोल्दै टेलिभिजनका अध्यक्ष ओम ज्ञवालीले जुनसुकै संघ-संगठनमा आवद्ध भएर निर्वाचित भएपनि पत्रकारिता गर्दा निष्पक्ष हुनुपर्नेमा जोड दिए । उनले पत्रकारले निष्पक्ष भएर समुदायलाई केन्द्रमा राखेर पत्रकारिता गर्नको लागि सुझाव दिए ।

यस्तै नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य पदमा निर्वाचित तथा टेलिभिजनका सल्लाहकार रामराज पोखरेलले निर्वाचित हुनुभन्दा पनि कार्यकाललाई सफल राख्नु महत्वपूर्ण रहेको बताए । नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष समेत रहेका उनले महासंघलाई साझा संस्थाको रुपमा स्थापित गर्दै नमुना शाखा बन्न सफल भएको दाबी गरे ।

यस्तै वरिष्ठ पत्रकार हरिश ढकालले अहिले निर्वाचित भएकाले पत्रकार महासंघ र पत्रकारिताको मर्यादा कायम राख्दै पत्रकारको हक-हित संरक्षणमा गम्भिर भएर लाग्नको लागि सुझाव दिए ।

यस्तै कार्यक्रममा टेलिभिजनका उपाध्यक्ष गोपाल ज्ञवाली, सचिव जेबी गुरुङ, कार्यकारी प्रमुख कपिल ज्ञवाली लगायतले बोलेका थिए । कार्यकारी प्रमुख ज्ञवालीले बुद्ध सामुदायिक टेलिभिजनमा डेक्स र जिल्ला संवाददातामा आवद्ध भएका १७ जना पत्रकार नेपाल पत्रकार महासंघको अधिवेशनबाट निर्वाचित भएको जानकारी दिए ।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  ९ : ४६ बजे

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन