५ चैत्र २०८२, बिहिबार | March 19, 2026

भालुवाङमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



भालुवाङ । दाङको देउखुरीमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका वडा नम्बर ८ बिजौरी निवासी अन्दाजी वर्ष ३२ को कृष्णबहादुर शाही रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय भालुवाङलका अनुसार मोटरसाइकल चालक शाहीको घटना स्थलमा मृत्यु भएको हो । मंगलबार राति साढे ७ बजेको समय राप्ती गाउँपालिका-८ बिजौरीमा पश्चिम देखि पुर्व तर्फ आइरहेको रा १ प १४१८ नम्बरको गोरखा आइडियल स्कुल लालमटियाको बसले पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको रा ५ प २६०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा शाहीको घटना स्थलमा मृत्यु भएको हो ।

आक्रोशित स्थानीयबासीले पुर्व( पश्चिम राजमार्गको बिजौरीमा सडक अवरुद्ध पारेका छन् । स्थानीयले एउटा ट्याङकरमा सामान्य तोडफोड समेत गरेका छन् । सोही सडक खण्डमा हिजो बेलुका मात्र मालबाहक ट्रकले मोटरसाइकल चालकलाई ठक्कर दिदा एक युवकको मृत्यु भएको थियोे ।

प्रकाशित मिति : २ पुस २०८१, मंगलबार  ९ : ३७ बजे

कक्षाभरि झुसिल्किरा : शिक्षक र विद्यार्थी जीउ कन्याउँदै हैरान

गोरखा । बारपाक सुलिकोट गाउँपालिका–३ खारचोक भञ्ज्याङस्थित अकला आधारभूत विद्यालयका

प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

जुम्ला । प्रधानमन्त्री सुशीला कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौँ । प्रहरीले जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रतिमतदाता रु २८४ खर्च

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन

नयाँ प्रधानमन्त्रीको शपथ चैत १३ गते

काठमाडौं । नयाँ प्रधानमन्त्रीको शपथ यही चैत १३ गते हुनेभएको