१८ माघ २०८२, आइतबार | February 1, 2026

जुम्लाको बड्कीमा पक्की स्वास्थ्यचौकी निर्माण



जुम्ला । हिमा गाउँपालिका–१ स्थित बड्की गाउँमा स्वास्थ्यचौकीको पक्की भवन निर्माण गरिएको छ । स्वास्थ्य सेवा प्रभावकारी सञ्चालन गर्न गाउँपालिकाले बड्कीगाउँमा स्वास्थ्यचौकीको पक्की भवन निर्माण गरेको गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीले जानकारी दिए ।

गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक विनियोजित कार्यक्रमअनुसार बड्की स्वास्थ्यचौकीमा रु ३८ लाख लगानीमा पक्की भवन निर्माण गरिएको हो ।

पुरानो साँघुरो भवनबाट बर्थिङ सेन्टर, सामान्य जाँचदेखि अन्य सेवा दिइरहेको स्वास्थ्यचौकीलाई पूर्वाधार अभावले सेवा प्रवाहमा कठिनाइ भएको थियो । गाउँपालिका अध्यक्ष शाहीले भने, “भौगोलिक रुपमा विकट र सदरमुकामभन्दा टाढा रहेका हिमाका थुप्रै बस्ती स्वास्थ्यचौकीबाटै विभिन्न स्वास्थ्य सेवा लिइरहेका छन् ।

“आर्थिकरुपमा विपन्न नागरिकका लागि स्वास्थ्यचौकी ठूलो अस्पताल हो । दैनिक धेरैले सेवा लिन्छन्, तर पूर्वाधार अभावले साँघुरो संचरनाबाट सेवा दिनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गरेका छौं, पालिका भित्रका सबै,स्वास्थ्य संस्थालाई पूर्वाधार र उपकरणमा सम्पन्न बनाउने पालिकाको लक्ष्य रहेको छ”, उनले भने, “गत आवको विनियोजित रु ३८ लाख बजेटबाट बोलपत्र आह्वान भई भवन निर्माण भएको छ ।”

 

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  १२ : ३४ बजे

रुपन्देही उद्योग संघले बनायो २ वर्षे कार्ययोजना

बुटवल । रूपन्देही उद्योग संघले आगामी दुई वर्षको कार्ययोजना तयार

इरानद्वारा इयु सेनालाई आतङ्कवादी घोषणा

दुबई । इरानका सभामुख मोहम्मद बाघेर कालिबाफले आइतबार इस्लामिक गणतन्त्रले

रुपन्देहीको विकास अध्ययन गर्न योजनाविदलाई बिष्णु पौडेलको आग्रह

बुटवल । पूर्वउपप्रधान तथा अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष बिष्णु

भारतको बजेट : पूर्वाधार र उत्पादनमा ठूलो लगानी

नयाँदिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले अस्थिर वित्तीय बजार र

नेकपा (माओवादी) को घोषणापत्र सार्वजनिक

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (माओवादी) ले गरिब जनताको आर्थिक