१० असार २०८३, बुधबार | June 25, 2026

त्रिविको जग्गा जसरी पनि फिर्ता गरिन्छ : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री एवम त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले विश्व विद्यालयको सबै सम्पत्ति फिर्ता ल्याएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन आयोगले बुझाएको प्रतिवेदन बुझेपछि ओलीले सो प्रतिवेदन कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

‘त्रिभुवन विश्वविद्यालयको जग्गा विश्वविद्यालयकै नाममा ल्याइने छ र हिनामिना गर्ने जोकोही भए पनि कानुनी कारबाहीको दायरामा आउनेछन्’, उनले भनेका छन ।

शारदाप्रसाद त्रितालको नेतृत्वमा त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन गर्न आयोग बनेको थियो । सो आयोगका प्रतिवेदन बुझेपछि ओलीले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन ।

२०७६ सालमा ललिता निवासको जग्गा खोजबिन गर्न पनि मन्त्रिपरिषदबाट शारदाप्रसाद त्रितालको नेतृत्वमा आयोग गठन भएको थियो । ललिता निवासको जग्गा अहिले सरकारको नाममा ल्याउने प्रक्रियामा मुद्दा चलिरहेको छ । त्यसपछि त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन आयोग पनि त्रितालको नेतृत्वमा नै बनेको थियो ।

‘‘आयोगको अध्ययन प्रतिवेदन हिजो प्राप्त भएको छ, शारदाप्रसाद त्रिताल अस्वस्थ हुनुहुँदो रहेछ, उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु, त्रिविको जग्गा खोजबिन आयोगले प्रतिवेदनमा सिफारिस गरेका तथ्यहरूको थप अध्ययन गर्दै सरकारले यसलाई कार्यान्वयन गर्ने छ’, ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

आयोगले अध्ययन गर्न नभ्याएका र नसकेका क्षेत्रलाई पनि थप अध्ययन गरेर खोजी गरिने ओलीले उल्लेख गरेमन छन् । ‘आयोगबाट सिफारिस भएका विषयलाई तत्काल कार्यान्वयन गर्दै खोज्न बाँकी विषयमा थप अध्ययन गरिनेछ, हात हालेपछि यसलाई टुङ्गोमा पुर्‍याएरै छाडिने छ’, ओलीले भने ।

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  १२ : ३७ बजे

गैरकानूनीरूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ

काठमाडौँ । चन्द्रागिरी नगरपालिका वडा नं ८ मा सञ्चालित स्पार्क

गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले गैरकानुनी रुपमा नेपालमा बसेका २४ बङ्गलादेशी

रास्वपाको महाधिवेशन : नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को चितवनको भरतपुरमा जारी प्रथम राष्ट्रिय

रास्वपाको महाधिवेशन निर्वाचन तालिका संशोधन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन

बुटवलको मुख्य औषधी बजारबाटै नक्कली औषधीको कारोबार

बुटवल। बुटवलको मुख्य व्यापारिक क्षेत्रमा नै नक्कली औषधीको अवैध कारोबार