२ चैत्र २०८२, सोमबार | March 16, 2026

विकास निर्माणमा बुटवलका मेयरले खोजे जनताको निगरानी



बुटवल । बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले विकास निर्माणमा भइरहेको योजनाहरुमा स्थानीयबासीसँग निगरानीको आह्वान गरेका छन् । सामाजिक सञ्जाल मार्फन नगर प्रमुख पाण्डेयले बुटवलमा जारी ७ वटा सडक निर्माण योजनामा स्थानीयबासीको निगरानी आह्वान गरेका हुन् ।

नागरिक गिरानीका बारे खबरकुरासँग कुरा गर्दै नगर प्रमुख पाण्डेयले नागरिकको निगरानीले योजनाहरु गुणस्तरिय बन्नुका साथै निर्माण कम्पनीलाई समयमा काम सम्पन्न गर्न दवाव पर्ने बताए । उनले कतिपय स्थानमा साना साना अवरोधले ठेकेदार कम्पनीले काम रोक्ने गरेको उल्लेख गर्दै स्थानीयबासीको निगरानीले त्यस्ता सानातिना अवरोधहरु समाधान भई निर्माण कम्पनीलाई काम गर्न सहज हुने स्पष्ट पारे ।

स्थानीयको सहभागीताले निर्माण कम्पनीलाई काम गर्न उत्साह थपिने र गुणस्तरिक काम गर्दा स्थानीयबासीको सम्मान समेत प्राप्त हुने विगतका अनुभवबाट सिद्ध भएको उनले बताए । राम्रो काम गरेका ठेकेदारहरुलाई स्थानीयबासीले सम्मान गरको कतिपय घटनाहरु छन्, उनले भने, गुणस्तरिय काम गर्ने ठेकेदारहरु स्थानीय निगरानीबाट प्रोत्साहित हुन्छन् ।

उनले नागरिक निगरानीले कहिलेकाहिँ ठेकेदार कम्पनी र कर्मचारीकाबीच हुन सक्ने मिलेमतोलाई समेत खबरदारी गर्ने जनाउँदै समयमा योजना सम्पन्न गर्न र गुणस्तथरिय काम गर्न नागरिक निगरानी आफुले खोजेको स्पष्ट पारे ।

उनले अहिले बुटवलमा काम सुरु भएका ७ वटा महत्त्वपूर्ण सडक निर्माणमा स्थानीयबासीको निगरानी र सहयोग जरुरी रहेको बताएका हुन् । नगर प्रमुख पाण्डेयले राजमार्ग चौराह देखि नारायणगढ सडक खण्ड, राजमार्ग चौराह देखि गोलपार्क सडक खण्ड, गोलपार्क दुर्गा मन्दिर सडक खण्ड, रङ्गशाला पथ सडक खण्ड, गोलपार्क तल्लो सिद्धबाबा सडक खण्ड, रानिगन्ज बेथरि सडक जोड्ने सडक खण्ड र कालिका मन्दिर पछाडिको सडक खण्डको
निर्माण सम्पन्न गर्न सबै जनाको सकारात्मक सहयोगको आशा राखेको सामाजिक सञ्जालमा उल्लेख गरेका थिए ।

उल्लेखित सडकहरु मध्य केही स्थानमा स्थानीयको अतिक्रमण र साईड नछाडेका कारण योजना अगाडि बढ्न नसकेको जनाउँदै उनले नागरिक निगरानीले त्यस्ता अवरोधहरु समाधान हुने आफुले आशा राखेको बताए ।

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  ५ : ३९ बजे

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो, छोराछोरी अझै बेपत्ता

सुर्खेत । आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

गैरकानुनी कार्य गर्ने १४ औषधि पसल विरुद्ध मुद्दा दर्ता

नेपालगन्ज । औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगन्जले ४४१ वटा

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित

‘एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ’

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का कार्यकारी अध्यक्ष डा बद्री

पोखरामा पाँच वर्षपछि खुला प्याराग्लाइडिङ च्याम्पियनसिप हुँदै

कास्की । देशको पर्यटकीय राजधानी पोखरामा यही चैत ५ देखि