२१ असार २०८३, आइतबार | July 5, 2026

चौँथो कालिका कप जारी, बुधबार विविध प्रतियोगिता सम्पन्न



बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर १० मा रहेको कालिका मानवज्ञान माविको ६४ औं वार्षिक उत्सव तथा चौँथो कालिका कप अन्तरगत बुधार विभिन्न प्रतियोगिता सम्पन्न भएका छन् ।

एथेलेटिक्स तर्फका दौड, छात्र छात्रा भलिबल, छात्र छात्रा कबड्डी प्रतियोगिताका विभिन्न चरण सम्पन्न भएका हुन । १५०० मिटर दोडमा न्यु होराईजन माविका आयुष थारु प्रथम भएका छन् । यस्तै छात्रातर्फ पशुपति माविका चाँदनी पासी प्रथम भएकी हुन ।

यस्तै १०० मिटर दौडमा छात्र तर्फ जनज्योती माविका शुभम बमरेल प्रथम र छात्रातर्फ कालिका मानवज्ञान माविका कृति पराजुली प्रथम भएकी छिन् । ४ वाई १०० मिटर रिल दौडमा छात्रा तर्फ कालिका मानवज्ञान मावि प्रथम भएको छ । विद्यार्थीहरु कृति पराजुली, प्रीती थापा, प्रकृति घिमिरे, सृजना कडायतको समुह प्रथम भएको हो ।

यस्तै छात्र तर्फ जनज्योती माविका सुभम बमरेल, रजन डम्बरपाल, गंगा रजाली, अल्बीजी गुरुको समुह प्रथम भएको हो । ४०० मिटर दौडमा पशुपति माविका ठाकुर पाण्डे प्रथम भएका छन् । छात्रा तर्फ पशुपती माविकै करिस्मा सिंजाली प्रथम भएकी हुन ।

यस्तै २०० मिटर दौडमा जनज्वोति माविका शुभम बमरेल प्रथम र छात्रा तर्फ गाग्री एकेडमीका नमिता भुषाल प्रथम भईन् । ८०० मिटर दौडमा न्यु होराईजन माविका आयुश थापरु प्रथम, छात्रा तर्फ कालिका मानवज्ञान माविका प्रकृति घिमिरे प्रथम भईन् ।

४ वाई ४०० रिले दौडमा पब्लिक माविका आस्थकुमार थारु, करण थारु, शिवमोहन यादव र हरि थारुको समुह प्रथम भएको छ । यस्तै छात्रातर्फ पशुपति माविका पुजा चौधरी, अस्मिता थारु, करिस्मा सिंजाली, चादनी पासीको समुह प्रथम भएको हो ।

यस्तै कबड्डी तर्फ बुधार सम्पन्न प्रतियोगितामा पहिलो खेलमा न्युहोराईजन र पशुपति माविका बिचमा भएकोमा होराईजन वाक ओभर सहित विजयी भएको छ । यस्तै नविन औद्योगीक मावि र गाग्री एकेडेमीको बिचमा भएकोमा गाग्री एकेडमी विजयी भएको हो ।

यस्तै अर्को पाँचौँ प्रतिस्पार्धामा ईडन मावि र उजिर सिंह माविका विचमा भएकोमा ईड्न मावि विजयी भएर अर्को चरणमा प्रवेश गरेको छ । बुधावार भएको छौठौ कबड्नी प्रतियोगीतामा जनज्योति मावि र क्यान माविका बिचमा भएकोमा क्यानन मावि विजयी भएको छ । यस्तै एभरेष्ट मावि र बुद्ध पक्लिक माविका बिचमा भएकोमा एभरेष्ट मावि वाक ओभरपाएर विजयी भएको हो ।

छात्रा कबड्डी तर्फ ईड्न मावि र पशुपती माविका विचमा भएकोमा वाक ओभर सहित ईड्न मावि विजयी भएको छ । यस्तै बुद्ध पब्लिक मावि र कान्ती माविका बिचमा भएकोमा कान्ती मावि विजयी भएको हो ।

कलिका मानवज्ञान मावि र मणिमुकुन्द माविमा बिचमा भएको प्रतियोगितामा कालिका मानवज्ञान मावि विजयी भएको छ । केरवानी मावि र नविन औद्योगीक माविका बिचमा भएको प्रतियोगीतामा नविन औद्योगिक मावि विजयी भएको हो । ईड्न मावि र होराईजन माविका बिचमा भएको खेलमा होराईजन माविले वाक ओभर पाएर विजयी भएको छ ।

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  ६ : ४२ बजे

सिक्टा सिँचाइ आयोजना समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन

नेपालगञ्ज । आर्थिक वर्ष २०६१/६२ देखि निर्माण सुरु भएको सिक्टा

विश्वकप लिग-२ खेल्न नेदरल्यान्ड्स प्रस्थान गर्ने नेपाली टोलीको बिदाइ

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा हुने त्रिकोणात्मक

रचनात्मक सुझावसहित संवादमा आउन महासङ्घलाई सञ्चारमन्त्रीको आग्रह

ललितपुर । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सञ्चार क्षेत्रका

कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना

मुस्ताङ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडकराज पौडेलले कालिगण्डकी

ऊर्जा सङ्कटपछि भारतले तेल अन्वेषण विस्तार गर्ने

नयाँदिल्ली । पश्चिमएशियामा भएको युद्धका कारण ऊर्जा आपूर्तिमा आएको अवरोधपछि