८ चैत्र २०८२, आइतबार | March 22, 2026

‘देव वाणी’ फिल्म सफलताको कामना गर्दै काल भैरवमा पूजा



काठमाडौं । प्रतिक्षित फिल्म  ‘देव वाणी’ यही पुस १० गतेदेखि प्रदर्शनमा आउन लागेको छ। फिल्म रिलिज मिति नजिकिइरहेका बेला सफलताको कामना गर्दै निर्माण पक्षले काल भैरव मन्दिरमा पूजा गरेको छ।

निर्देशक बाबु साहेव बलामी, नायिका अनुजा लेप्चा, कार्यकारी निर्माता मन कुमार लेप्चा, रमेश ढुंगेल झापालीलगायतको उपस्थितिमा गरिएको पूजामा काल भैरवलाई कालो धजा चढाइएको छ भने १०८ वटा दीप प्रज्ज्वलन गरिएको छ।

पूजापछि पत्रकारसँग कुरा गर्दै निर्देशक बलामीले फिल्मले दर्शकको मन जित्ने विश्वास व्यक्त गरे। प्रचारको लागि फिल्मका नायक कुन्दन भारद्धाज केही दिनमै नेपाल आउने उनले बताए। नायिका लेप्चाले फिल्मलाई लिएर आफू उत्साहित रहेको प्रतिक्रिया दिएकी छन्।

फिल्ममा अभिनेता भारद्धाज र अभिनेत्री लेप्चालाई डेब्यू गराइएको छ। बलामीको निर्देशनमा निर्माण भएको फिल्ममा कुन्दन र अनुजाका अलवा सुनिल थापा, ध्रुब कोइराला, घनश्याम गिरी, रबिन्द्र झा, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, काजोल राघवाणी, लक्ष्मीनाथ तिमल्सिनालगायतको अभिनय छ।

एक्सन प्रधान फिल्ममा कुन्दन र अनुजाको स्क्रिन रोमान्स हेर्न पाइने निर्माण पक्षले बताएको छ। फिल्मलाई सिमरा, वीरगन्ज, र काठमाडौंमा छायांकन गरिएको हो। फिल्म नेपाली र हिन्दी भाषामा निर्माण गरिएको छ। मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टले निर्माणमा सहकार्य गरेको फिल्मको कथा निराजन मेहता मन्जिलले तयार पारेका हुन्।

हरिबहादुर घलेको छायांकन र श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको फिल्मको प्रस्तुतकर्तामा मौसम पौडेल छन्। मिना खड्का र हिराबहादुर लेप्चा निर्माता रहेको फिल्मका कार्यकारी निर्माता मन कुमार लेप्चा र रमेश ढुंगेल झापाली हुन्।

फिल्ममा तेञ्जु योञ्जन र रामजी लामिछानेको कोरियोग्राफी र तर्कराज न्यौपानेको मुख्य सहायक निर्देशन रहेको छ। मूभि पोइन्टमा प्रोष्ट प्रोडक्सन गरेको फिल्ममा मनोहर सुनामको संगीत, श्रीकृष्ण श्रेष्ठको भिएफएक्स, प्रबिन ढकालको कलर ग्रेडिङ र बन्दे प्रसादको सम्पादन रहेको छ।

सुनिल मानन्धरको श्रीराम बालाजी फिल्मस्ले फिल्मलाई वितरण गर्दैछ। अभिनेता भारद्धाज टेलिशृंखला ‘महाराणा प्रताप’, ‘सिंहासन र महावली हनुमान’मा अभिनय गरेका छन्। उनले बलिउड फिल्म ‘श्रीदेवी बंगलो’ र ‘मिशन चाइना’मा अभिनय गरेका छन्। उनी भोजपुरी फिल्ममा परिचित अभिनेता हुन्।

प्रकाशित मिति : ४ पुस २०८१, बिहिबार  १२ : १७ बजे

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल-खावा सडक स्तरोन्नति थालियो

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत यहाँस्थित धुलिखेल-खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक

बुटवल-नारायणगढ सडक अझै अवरुद्ध

नवलपरासी । शुक्रबारदेखि अवरुद्ध बनेको बुटवल-नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा

पाल्पा टिपर दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुग्यो

तानसेन । पाल्पामा शनिबार बेलुकी भएको टिपर दुर्घटनामा मृत्यु हुनेको

कांग्रेस केन्द्रीय समिति बैठक आज, सभापति थापाको राजीनामाबारे निर्णय हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।

हिमपातले किसानलाई राहत

मुस्ताङ । मुस्ताङमा जारी सिजनको छैटौँपटकको हिमपातले यहाँका किसान र