१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

‘देव वाणी’ फिल्म सफलताको कामना गर्दै काल भैरवमा पूजा



काठमाडौं । प्रतिक्षित फिल्म  ‘देव वाणी’ यही पुस १० गतेदेखि प्रदर्शनमा आउन लागेको छ। फिल्म रिलिज मिति नजिकिइरहेका बेला सफलताको कामना गर्दै निर्माण पक्षले काल भैरव मन्दिरमा पूजा गरेको छ।

निर्देशक बाबु साहेव बलामी, नायिका अनुजा लेप्चा, कार्यकारी निर्माता मन कुमार लेप्चा, रमेश ढुंगेल झापालीलगायतको उपस्थितिमा गरिएको पूजामा काल भैरवलाई कालो धजा चढाइएको छ भने १०८ वटा दीप प्रज्ज्वलन गरिएको छ।

पूजापछि पत्रकारसँग कुरा गर्दै निर्देशक बलामीले फिल्मले दर्शकको मन जित्ने विश्वास व्यक्त गरे। प्रचारको लागि फिल्मका नायक कुन्दन भारद्धाज केही दिनमै नेपाल आउने उनले बताए। नायिका लेप्चाले फिल्मलाई लिएर आफू उत्साहित रहेको प्रतिक्रिया दिएकी छन्।

फिल्ममा अभिनेता भारद्धाज र अभिनेत्री लेप्चालाई डेब्यू गराइएको छ। बलामीको निर्देशनमा निर्माण भएको फिल्ममा कुन्दन र अनुजाका अलवा सुनिल थापा, ध्रुब कोइराला, घनश्याम गिरी, रबिन्द्र झा, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, काजोल राघवाणी, लक्ष्मीनाथ तिमल्सिनालगायतको अभिनय छ।

एक्सन प्रधान फिल्ममा कुन्दन र अनुजाको स्क्रिन रोमान्स हेर्न पाइने निर्माण पक्षले बताएको छ। फिल्मलाई सिमरा, वीरगन्ज, र काठमाडौंमा छायांकन गरिएको हो। फिल्म नेपाली र हिन्दी भाषामा निर्माण गरिएको छ। मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टले निर्माणमा सहकार्य गरेको फिल्मको कथा निराजन मेहता मन्जिलले तयार पारेका हुन्।

हरिबहादुर घलेको छायांकन र श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको फिल्मको प्रस्तुतकर्तामा मौसम पौडेल छन्। मिना खड्का र हिराबहादुर लेप्चा निर्माता रहेको फिल्मका कार्यकारी निर्माता मन कुमार लेप्चा र रमेश ढुंगेल झापाली हुन्।

फिल्ममा तेञ्जु योञ्जन र रामजी लामिछानेको कोरियोग्राफी र तर्कराज न्यौपानेको मुख्य सहायक निर्देशन रहेको छ। मूभि पोइन्टमा प्रोष्ट प्रोडक्सन गरेको फिल्ममा मनोहर सुनामको संगीत, श्रीकृष्ण श्रेष्ठको भिएफएक्स, प्रबिन ढकालको कलर ग्रेडिङ र बन्दे प्रसादको सम्पादन रहेको छ।

सुनिल मानन्धरको श्रीराम बालाजी फिल्मस्ले फिल्मलाई वितरण गर्दैछ। अभिनेता भारद्धाज टेलिशृंखला ‘महाराणा प्रताप’, ‘सिंहासन र महावली हनुमान’मा अभिनय गरेका छन्। उनले बलिउड फिल्म ‘श्रीदेवी बंगलो’ र ‘मिशन चाइना’मा अभिनय गरेका छन्। उनी भोजपुरी फिल्ममा परिचित अभिनेता हुन्।

प्रकाशित मिति : ४ पुस २०८१, बिहिबार  १२ : १७ बजे

नेपालगन्ज भन्सारबाट तीन महिनामा पाँच अर्ब २४ करोड राजस्व, लक्ष्य हासिल गर्न असफल

नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन

नेपालको पर्यटन विश्वमाझ पु¥याउन ‘टिकटक’सँग पर्यटन बोर्डको सहकार्य

काठमाडौँ । नेपालका पर्यटकीय गन्तव्यलाई अन्तरराष्ट्रिय सामाजिक सञ्जाललागतय विद्युतीय माध्यमबाट

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक

सिक्टा सिँचाइ आयोजनाद्वारा उपभोक्ता किसानको लगत सङ्कलन

नेपालगन्ज । निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिञ्चित क्षेत्रका

अम्बे स्टिल कम्पनीमा पुनः आगलागी, ८ मजदुर घाइते, २ जनाको अवस्था गम्भीर

नेपालगन्ज । अघिल्लो पटक आगलागी भएको १० औ दिनमा बाँकेको