६ श्रावण २०८३, बुधबार | July 22, 2026

दमकमा दुई जना युवतीसँग होटलमा बसेका युवा मृत फेला



झापा । दमकमा दुई जना युवतीसँग होटलमा बास बसेका युवा मृत फेला परेका छन्।

सिन्धुली दुधौली नगरपालिका वडा नम्बर १० का ३३ वर्षीय इन्द्रबहादुर सुनुवार बिहीबार बिहान होटलमा मृत फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दमक नगरपालिका-६ बसपार्कस्थित मिलन होटल एन्ड लजमा बुधबार राति बसेका सुनुवार बिहान मृत फेला परेको भन्दै सञ्चालकले खबर गरेका थिए।

इलाका प्रहरी कार्यालय दमकको टोली घटनास्थल जाँदा उक्त कोठामा मिक्लाजुङ गाउँपालिका वडा नम्बर २ की २७ वर्षीया गोमाकुमारी तामाङ भेटिएकी थिइन्। उनी सुनुवारसँग बेलुका खाना खाएर कोठामा बसेकी थिइन्। अनुसन्धान अनुसार रामेछाप मन्थली घर भएकी २० वर्षीया सोनु तामाङसमेत होटलको कोठामा सँगै सुतेका थिए।

गोमाकुमारीले सुनुवार सुतेकै स्थानमा मृत फेला परेको भन्दै होटल सञ्चालिकालाई खबर गरेकी थिइन्।

दुबै युवतीलाई प्रहरीले पक्राउ गरेर इलाका प्रहरी कार्यालय दमकको हिरासतमा राखेर अनुसन्धान थालेको छ।

मृतकको शव पोस्टमार्टमको लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ।

प्रकाशित मिति : ४ पुस २०८१, बिहिबार  ६ : २६ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क