६ असार २०८२, शुक्रबार | June 20, 2025

माछा मार्ने विस्फोटक पदार्थ बनाउनेक्रममा एकजनाको ज्यान गयो



बुटवल । पाल्पाको तिनाउ गाउँपालिका–२ बुढा चटकमा माछा मार्नका लागि विस्फोटक पदार्थ बनाउने क्रममा घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २८ वर्षका सुरज सोमै रहेका छन् ।

सलाईको काँटीबाट माछा मार्नका लागि विस्फोटक पदार्थ बनाउने क्रममा विस्फोट हुन गई सोही ठाउँका २८ वर्षका सुरज सोमै गम्भीर घाइते भएकोमा उपचारको क्रममा बुटवलमा उनको मृत्यु भएको हो । सोही घटनामा विस्फोटबाट दुई जना घाइते भएका छन् ।

घटनामा परि घाइते हुनेहरुमा रुपन्देही तिलोत्तमा नगरपालिका ४ डिङ्गानगरका २१ वर्षीय कोसिस भुजेल र २८ वर्षीय कुशल भुजेल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार घाइते दुई जनाको बुटवलमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी सुनिल मल्लले बताए ।

 

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  १० : ४६ बजे

त्रिदेशीय टी-२० सिरिज : अन्तिम खेलमा नेपाल आज स्कटल्यान्डसँग भिड्दै

काठमाडौं । स्कटल्यान्डमा जारी त्रिदेशीय टी-२० सिरिजमा आज नेपालले आयोजक

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा आठ अर्ब ५२ करोड राजस्व सङ्कलन

वीरगञ्ज । आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु आर्थिक वर्ष २०८१/८२

जसपाको संघीय परिषद् बैठक आजबाट

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको संघीय परिषदको

खल्लागोठवासीका लागि नदी नै जीवन, नदी नै पीडा

कञ्चनपुर । गाउँ नजिकैको चुरे पर्वतमा सूर्य नउदाउँदै कृष्णपुर नगरपालिका-२

दव्ल्याङमा पहिरोले कालीगण्डकी करिडोर ठप्प

बागलुङ । बागलुङ नगरपालिका-१० दव्ल्याङमा पहिरो खस्दा कालिगण्डकी करिडोर अवरुद्ध