१० श्रावण २०८३, आइतबार | July 27, 2026

पत्रकार महासंघ बाँकेका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुको शपथ र पदस्थापन सम्पन्न



नेपालगन्ज । गत मंसिर २८ गते सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा बाँकेबाट निर्वाचित पदाधिकारी, सदस्य तथा पार्षदहरुलाई प्रमाण पत्र र शपथ खुवाइएको छ । नेपाल पत्रकार महासंघ बाँके निर्वाचन समितीद्वारा आयोजित कार्यक्रममा महासंघ बाँकेमा नवनिर्वाचित पदाधिकारी, सदस्य तथा पार्षदहरुलाई शनिबार पद तथा गोपनियताको शपथ खुवाउँदै प्रमाणपत्र वितरण गरिएको हो ।

मुख्य निर्वाचन अधिकृत शरण कर्माचार्यले नव निर्वाचित अध्यक्ष नवीन गिरी , पदाधिकारी र सदस्यहरू, केन्द्रीय परिषद सदस्य र प्रदेश परिषद सदस्यहरुलाई प्रमाणपत्र प्रदान गदै सपथ ग्रहण गराएका थिए ।

कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष गिरीले पत्रकार महासंघको शाख र गरिमालाई जुनसुकै हालतमा खस्कन नदिने प्रतिबद्धता व्यक्त गरे । उनले संघको गरिमा, पत्रकारको दक्षता अभिबृद्धि र संस्थागत विकासका लागि आफुले सबैलाई समेटेर अगाडि बढ्ने जनाउँदै महासंघ लेख्ने र बोल्ने क्रियाशिल पत्रकारहरुको संस्था बनाइने बताए ।

मुख्य निर्वाचन अधिकृत कर्माचार्यले समाजमा पत्रकारलाई हेर्ने दृष्टिकोण नकारात्मक हुँदै गएको भन्दै नवनिर्वाचित टिमले पत्रकारहरुको गिर्दो थरिमालाई माथि उठाउन विशेष कार्यक्रम चलाउन सुझाव दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका नवनिर्वाचित अध्यक्ष शुक्रऋषि चौलागाई , नेपाल पत्रकार महासंघ बाँकेका कार्यबाहक अध्यक्ष संगीन शर्मा, नेपाल पत्रकार महासंघ बाँकेका पुर्ब अध्यक्षहरू झलक गैरे, निरज गौतम, प्रेम के सी, संस्थापक अध्यक्ष लियाकत अलिलगायतले पत्रकारहरूको हकहितका लागि सबै पत्रकार एकजुट भई अगाडि बढ्नु पर्नेमा जोड दिँदै नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुको सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए ।

नव निर्वाचित पदाधिकारीलाई आजै महासंघ बाँकेमा पदस्थापन गराइएको छ । अध्यक्ष गिरीलाई निवर्तमान कार्यबाहक अध्यक्ष संगीन शर्माले अध्यक्षको कुर्सीमा बसालेर पदस्थापन गराए । सोही अवसरमा निवर्तमान सचिव कमल डाँगीले सचिव कृष्ण ओली र कोषाध्यक्ष सुनिल रेग्मीलाई माइनुट र लेजर हस्तान्तरण गर्दै पदभार ग्रहण गराएका थिए ।

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  ७ : ५९ बजे

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै

नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले