१६ माघ २०८२, शुक्रबार | January 30, 2026

मध्यपुरबाट बिदा भए देवगण



भक्तपुर । मध्यपुरथिमि नगरपालिकामा एक सातासम्म बसेर विभिन्न टोलमा परिक्रमा, नाच प्रदर्शन गरी पूजा ग्रहणसँगै नवदुर्गा जात्रा सम्पन्न भएको छ । जात्रा सम्पन्न भएसँगै देवगणहरू आजदेखि बिदा भएका हुन् ।

गत आइतबार भक्तपुरबाट मध्यपुरथिमि आएका नवदुर्गासहित देवगणहरूले आजसम्म मध्यपुरथिमिको विभिन्न क्षेत्रमा पुगेर नवदुर्गा नाच प्रदर्शन गर्नाका साथै टोलटोलवासीले नवदुर्गालाई दिएको पूजा ग्रहण गरेर आज भक्तपुर फर्किएका देवगणमध्येका कृष्णप्रसाद बनमालाले जानकारी दिए ।

मल्लकालभन्दा अघिदेखि तान्त्रिक शक्तिमा चल्दै आएको देवी नवदुर्गा भवानीको प्रदक्षिणासँगै आज दिनभर मध्यपुरथिमिमा माछा मार्ने जात्रासमेत सञ्चालन भएको थियो । उनले आज माछा मार्ने जात्रा गरी अन्तमा स्थानीयले नवदुर्गाको पूजा गरी बिदाइ गरेका बताए ।

एक साताको अवधिमा मध्यपुरथिमिको दिगुटोलबाट सुरु भएको नवदुर्गा नाच आजसम्म भुलाखेल, बाहखा बजार, चपाचो, बालकुमारी, नगदेशलगायत विभिन्न ठाउँमा प्रदर्शन गरी स्थानीयले पूजा ग्रहण गर्दै आज मध्यपुरथिमिबाट बिदा गरेका उनले जानकारी दिए ।

नवदुर्गाअन्तर्गत गणेश, कुमारी, सिंह, दुम्भसँगै ब्रम्हायणी, महेश्वरी, कुमारी, वैष्णवी, बाराही, महाकाली, महालक्ष्मी, त्रिपुरासुन्दरी र भद्रकालीको पूजा गरिन्छ ।

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  १० : ०७ बजे

राष्ट्रिय जनमुक्ति पार्टीद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि १० बुँदे चुनावी घोषणापत्र सार्वजनिक

बुटवल । राष्ट्रिय जनमुक्ति पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो चुनावी

लोकतान्त्रिक अधिकारको बीउ सहिद नै रोपेका हुन् : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले

बालेन साहको चुनावी अभियानमा हिँडेका सहयोगी दिनेश सिटौला अछाममा बेहोस, हेलिकप्टरमार्फत काठमाडौं पठाइँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानका क्रममा वरिष्ठ नेता

अब कुनै आमाको काख नरित्तियोस् : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको साहस, चेतना र सङ्कल्पका

आज एकै दिन २० हजार ५०० सयले घट्यो सुन

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्य