८ चैत्र २०८२, आइतबार | March 23, 2026

पण्डितपुरमा भेटियो बुद्धकालीन संरचना



नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१८ पण्डितपुरमा उत्खननका क्रममा प्राचीन भग्नावशेष तथा चक्राकार सहर भेटिएको छ । उत्खननमा कोलिय गणराज्यका विभिन्न सहरबारे महत्वपूर्ण तथ्य भेटिएको पुरातत्व विभाग, पुरातत्व शाखा प्रमुख पुरातत्वविद्ध भाष्कर ज्ञवालीले बताए ।

उनले भने, “आर्थिक वर्ष २०७५/७६ मा गरिएको भू–भौतिक अध्ययनका क्रममा देखिएका भग्नावशेष पुष्टी गर्नका लागि हालै एक महिनासम्म उत्खनन तथा अध्ययन भएको थियो, सोही क्रममा कोलिय गणराज्यको विभिन्न ठाउँमा फैलिएको सहरमध्ययेको सहर पण्डितपुर पनि भएको पुष्टि भएको छ ।”

दुई ठाँउमा उत्खननको प्रमुख उद्देश्य भू–भौतिक अध्ययनमा देखिएका पर्खाल संरचना उद्धगार (प्रमाणित) गर्ने थियो । साथै एक ठाउँमा तीन मिटर गहिरो खाडल खनेरे सांस्कृतिक इतिहास अध्ययन गर्दा बुद्ध, मौर्यकाल समयदेखि मुस्लिमकालसम्मको बसोबास भएको प्रमाण भेटिएको उनको भनाइ छ । यस्तै अर्को ठाउँमा गरिएको उत्खननमा सेन्टरी पोष्ट (सुरक्षाकर्मीले पहरा दिने ठाउँ) जस्तो भग्नावशेष फेला परेको उनले बताए ।

उत्खननको क्रममा पर्खालको संरचनासहित माटाका भाँडा, जनावरका मूर्ति, गरगहनालगायतका पुरातात्विक सामग्री फेला परेको पुरातत्त्वविद् भाष्कर ज्ञवालीले बताए । हाल पण्डितपुरमा पूर्व–पश्चिम र उतर–दक्षिणमा एक/एक हजार मिटर क्षेत्रफलसम्म कुनैपनि संरचना निर्माण नगर्न अनुरोध गरिएको छ ।

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार  १ : ०६ बजे

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय