२ पुस २०८२, बुधबार | December 17, 2025

जलवायु परिवर्तन र विपद् व्यवस्थापन सम्बन्धि चारदिने क्षमता अभिवृद्धि तालिम सम्पन्न



नेपालगन्ज । बर्दियाको मधुवन नगरपालिकामा जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन र मानवीय सहायता सम्बन्धी चार दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दिया जिल्लामा सञ्चालन गरिएको बालिका सशक्त परियोजना अन्तर्गत सो तालिम सञ्चालन गरिएको हो ।

तालिमको उदेश्य परियोजनाका साझेदार संस्थाहरूका पदाधिकारी र कर्मचारीहरू तथा पालिकाका विपद फोकल पर्सनहरुलाई जलवायु संकट, विपद् जोखिम व्यवस्थापन र विपद् न्यूनीकरणकालागि मानवीय सहायता कार्यक्रम एवं विपद् जोखिममा परेकाहरूको उद्धार र राहत सहयोगको सन्दर्भमा आपतकालीन अवस्थामा मानवीय सहायता प्रदान गर्न क्षमता अभिवृद्धि गर्नु रहेको प्लान नेपालले जनाएको छ ।

सो तालिममा बाँके युनेस्को क्लब, राधाकृष्ण थारु जनसेवा केन्द्र र बी ग्रुपका पदाधिकारी, कर्मचारीसंगै गुलरिया र मधुवन नगरपालिका तथा बढैयाताल गाउँपालिकाका विपद् फोकल पर्सनहरू गरेर ३० जनाको सक्रिय सहभागीता रहेको थियो ।

बाँके युनेस्को क्लबका अध्यक्ष रवि कुमार तुलाधरको अध्यक्षतामा सम्पन्न भएको तालिमका समापन कार्यक्रममा मधुवन नगरपालिकाकी उपमेयर अनिता चौधरीले नगरपालिकाको विपद् र जलवायु परिवर्तनको अवस्थाका बारेमा जानकारी गराउँदै विपद् सम्बन्धी नीतिहरू विकास गर्ने र मानवीय सहायताकालागि बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

प्लान इन्टरनेशनल नेपालको कन्ट्री अफिस काठमाडौंका कृष्ण श्रेष्ठले जलवायु परिवर्तन, विपद जोखिम र मानवीय सहायता कार्यक्रमलाई क्रस कटिङ मुद्दाहरूको रूपमा लिनु पर्ने जनाउँदै सो बारेमा देशको रणनीति बारे प्रकाश पारे ।

तालिमको प्रशिक्षकमा लोकनारायण पोखरेल रहेका थिए भने समापन कार्यक्रममा सहभागिहरुको तर्फबाट बोल्दै बढैयाताल गाउँपालिकाका विपद फोकल पर्सन रमेश पौडेलले जलवायु परिवर्तन, विपद व्यवस्थापन र मानवीय सहायता जस्ता विषय अझै पालिकाको प्राथमिकतामा नपरेको र संघसंस्थाले मात्र काम गर्ने गरेको जनाउँदै पालिकाले पनि त्यसका लागि बजेट र कार्यक्रम बनाउनु पर्ने बताए । सो अवसरमा सहभागिका तर्फबाट शान्ति चौधरीले पनि बोलेकी थिइन् ।

कार्यक्रममा प्लान इन्टरनेशनल नेपालका कार्यक्रम प्रबन्धक अम्बिका तिमिल्सेना, प्लान इन्टरनेशनल नेपालका अनुगमन तथा मूल्यांकन विशेषज्ञ हसरत अली कसगर, बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकी वरिष्ठ उपाध्यक्ष पञ्चम गुरुङ, साजिद अलि सिद्दिकी, कार्यक्रम संयोजक गोविन्द लामिछाने र कार्यक्रम अधिकृत ईश्वर बिकको पनि सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार  ६ : ४२ बजे

राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने

काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग

हिजो स्थगित भएको एमाले ११ औँ महाधिवेशनको मतदान आज बिहान ८ बजेदेखि सुरु हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले