१० श्रावण २०८३, आइतबार | July 27, 2026

पत्रकार महासंघ बाँकेले भन्यो : अनिवार्य मिडिया आवद्धता कायम गरी सञ्चार कर्म गर



नेपालगन्ज । नेपाल पत्रकार महासँघ बाँकेले नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूका साथै सम्पूर्ण साधारण सदस्यहरूलाई अनिवार्यरुपमा मिडिया आवद्धता कायम गरी सञ्चार कर्म गर्न आह्वान गरेको छ । महासंघको नव निर्वाचित कार्यसमितिको पहिलो बैठकले यस्तो आह्वान गरेको हो ।

बैठकपछि महासंघ बाँके शाखाका सचिव कृष्ण ओलीले जारी गरेको विज्ञप्तिमा पत्रकार आचारसंहिताको पूर्ण पालना गरेर जिम्मेवार परकारिताका लागि समेत अनुरोध गर्ने निर्णय गरेको उल्लेख गरिएको छ । महासंघका सदस्यहरु पेशागत मर्यादा बाहिरको कृयाकलापमा संलग्न भएको भन्दै नागरिकस्तरबाट आलोचना भएपछि पत्रकार अगुवाहरुले पेशागत इमान्दारिता र मर्यादाका लागि सुझाउँदै आएका थिए ।

बैठकले पूर्वअध्यक्षहरुले दिएको सुझावलाई मार्गनिर्देशकारुपमा पालना गर्ने निर्णय गर्दै शाखाको संस्थागत विकास तथा पत्रकारहरुको हकहित तथा व्यवसायीक सुरक्षाका लागि दृढसंकल्पित रहने प्रतिबद्धता जनाएको छ ।

बैठकले निर्वाचन मर्यादित र सभ्यढंगले संचालन भएकोमा निर्वाचन समिति, महासंघमा आवद्ध मतदाता सदस्यहरु सहित सम्बद्धहरुलाई धन्यवाद पनि प्रकट गरेको छ ।

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  ५ : ४० बजे

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै

नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले