१४ भदौ २०८३, आइतबार | August 30, 2026

क्यान्सर अस्पताल खजुरामा रेडियोथेरापी सेवा सुरु, चल्यो ‘लिन्याक’ मेसिन



खजुरा । पश्चिम नेपालकै एकमात्र क्यान्सर अस्पतालको रुपमा रहेको सुशिल कोईराला प्रखर क्यान्सर अस्पतालमा जडान भएको लिन्याक मेसिन संचालनमा आएको छ । बहुप्रतिक्षित लिन्याक मेसिन संचालनमा आएसँगै अव खजुराको क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुर्णरुपमा सञ्चालनमा आउने भएको छ ।

झण्डै एक वर्ष पहिले जडान भएरपनि बिभिन्न समस्याहरु देखाउँदै संचालनमा आउन नसकेको लिन्याक मेसिन मंगलबार अपरान्ह देखि संचालनमा आएको क्यान्सर अस्पताल खजुराका कार्यकारी निर्देशक डा. प्रकाश प्रसाद साहले बताए । उनका अनुसार मंगलबार १ जना क्यान्सर पिडित विरामीको लिन्याक मेसिनबाट सेकाई गरेसँगै यस अस्पतालमा रेडियोथेरापी सेवा पुर्णरुपमा सञ्चालनमा आएको छ ।

बाँकेको खजुरामाम नै रेडिषे थेरापीको सम्पूर्ण सेवा सुरु भएपछि सेकाई सेवा लिनका लागि भरतपुर काठमाडौं, लखनउ दिल्ली जानुपर्ने वाध्यात्मक अवस्थाको अन्त्य भएको डा. साहले बताए । संघीय सरकारको पूर्ण स्वामित्व रहेको क्यान्सर अस्पतालमा स्वास्थ्य मन्त्रालयबाट रेडियो थेरापी सम्बन्धि विशषज्ञ नपठाएपछि अस्पतालको आन्तरिक स्रोतबाट भारतबाट दक्ष जनशक्ति मगाएर लिन्याक मेसिन संचालनमा ल्याइएको अस्पताल प्रशासनले जनाएको छ ।

२०७२ सालमा समुदायबाट संघीय सरकारले अस्पतालको स्वामित्व ग्रहण गरेपनि अहिले सम्म पश्चिम नेपालको एममात्र क्यान्सर अस्पताल शुन्य दरबन्दीमा चलेको छ । २ वटा सिटी स्क्यान, २ वटा भिडियो एक्सरे उपकरण भएको अस्पतालमा सरकारले रेडियोलोजिष्ट नपठाउँदा एक जना रेडियोलोजिस्टलाई दैनिक ज्यालादारीमा काममा लगाउँदै आएको छ ।

दैनिक २० वटा भिडियो एक्सरे गर्न ५ जनाको दरबन्दी भेरी अस्पताल नेपालगन्जमा कायम रहँदा क्यान्सर अस्पतालमा एकजना नपठाउनु दुःखको विषय भएको अस्पताल विकास समितिका अध्यक्ष टेकेन्द्र मल्लले बताए । नेपालगन्ज स्थित भेरी अस्पतालमा ५ जना रेडियोलोजिष्ट कार्यरत रहेका छन् ।

लिन्याक मेसिन संचालनमा आएपछि अव सरकारले दरबन्दी सृजना गर्ने र आवश्यक दक्ष जनशक्ति पठाउन ढिला गर्न नहुने प्रखर परोपकार मिशन नेपालका अध्यक्ष महेन्द्र मल्लले बताए ।

प्रकाशित मिति : १० पुस २०८१, बुधबार  १ : ०७ बजे

त्रिशूली-३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली

काठमाडौं । भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली–३ जलविद्युत् आयोजनाको सुरुङमा

सुरुङ उद्धारमा विदेशी सहयोग लिन सरकार हिचकिचाउन हुँदैन : गगन थापा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले

नदीमा पानीको बहाब बढ्दा माथिल्लो त्रिशूली-३ ‘ए’को सुरुङमा फसेकाको उद्धार थप चुनौतीपूर्ण

काठमाडौं । बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा फसेका

चीनद्वारा नेपाललाई ५० टन आपत्कालीन राहत सामग्री हस्तान्तरण

काठमाडौं । चीन सरकारले बाढी तथा पहिरोबाट प्रभावित नेपालका नागरिकका

त्रिशूली–३ ‘बी’ को आयोजनास्थलमा खोज तथा उद्धार सुरु

काठमाडौं । भोटेकोशीे बाढीबाट प्रभावित त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा खोज