१६ बैशाख २०८३, बुधबार | April 29, 2026

देशभरको मौसम सफा रहने पूर्वानुमान



काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको तथा पहाडी भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भेगमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै मुलुकका अधिकांश भेगमा मौसम सफा रहने छ ।

विभागका अनुसार आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहने सम्भावना छ । पहाडी क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहने छ । गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिकदेखि साधरणतया बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

त्यसैगरी आज राति देशका उच्च पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । शुक्रबार बिहान तराई तथा काठमाडौं उपत्यका केही स्थानमा कुहिरोको सम्भावना रहेकोले त्यसबाट दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन विभागले सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

प्रकाशित मिति : ११ पुस २०८१, बिहिबार  ७ : ३८ बजे

बिपी कोइराला क्यान्सर अस्पतालको अध्यक्ष खुला आवेदनबाट चयन गरिने

चितवन । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त अध्यक्ष

अध्यादेशबारे रास्वपाभित्रै असन्तुष्टि, गणेश कार्की भन्छन् – ‘यो बहादुरी होइन’

काठमाडौं । सरकारले हालै ल्याएको अध्यादेशप्रति सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी

आइसिसी विश्वकप क्रिकेट लिग–२ : ओमानविरुद्धको खेलमा नेपालले बलिङ गर्दै

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले

आज देशका विभिन्न स्थानमा तीव्र हावाहुरीको पूर्वानुमान, सतर्कता अपनाउन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न

बीपी राजमार्ग अवरुद्ध, सवारी आवागमन पूर्ण रूपमा बन्द

काठमाडौं । अविरल वर्षाका कारण बीपी राजमार्ग का विभिन्न सडकखण्डमा