२५ भदौ २०८३, बिहिबार | September 11, 2026

नेवा देय् दबु तिलोतमाको अध्यक्षमा कक्षपति



तिलोतमा । नेवा देय् दबु तिलोतमा नगर समितिको दोस्रो अधिवेशनले दिनेश कक्षपतिको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।

वरिष्ठ उपाध्यक्षमा कृष्णबहादुर श्रेष्ठ, उपाध्यक्षमा नरप्रसाद श्रेष्ठ, महिला उपाध्यक्षमा सुशीला श्रेष्ठ, महिला सचिवमा राधा श्रेष्ठउदय, सचिवमा दिपेश कुमार अमात्य र कोषाध्यक्षमा प्रकाश श्रेष्ठ निर्वाचित भएका छन् ।

अधिवेशनले २४ सदस्यीय कार्यसमिती चयन गरेको निर्वाचन समितिका संयोजक डा. निरञ्जनलाल कक्षपतिले जानकारी दिए । निर्वाचन संयोजनमा किरण श्रेष्ठ र ओमप्रकाश श्रेष्ठले समेत सहयोग गरेका थिए ।

अविधेशनको अवसरमा बोल्दै नेवा देय् देवु जिल्ला अध्यक्ष रुद्रप्रसाद श्रेष्ठले नेवा समुदायको एकता तथा परम्पराहरुको संरक्षणमा जोड दिए । नेवा समुदायको सांस्कृतिक पहिचान, परम्परा, र संरक्षणमा उनको जोड थियो । नव नियुक्त अध्यक्ष दिनेश कक्षपतिले नेवा समुदायको सांस्कृतिक धरोहर संरक्षणका लागि युवापुस्ताको संलग्नतालाई प्राथमिकता दिनुपर्ने विषयमा जोड दिँदै नेवा संस्कृति, भाषा, र परम्परागत चाडपर्वको जगेर्ना गर्ने प्रतिबद्धता गरे ।

जिल्ला सचिव नीमप्रसाद श्रेष्ठ, देवदहका अध्यक्ष कुशल श्रेष्ठ, झिगु नेवा पुच शंकरनगरका वरिष्ठ उपाध्यक्ष तथा प्रदेश सदस्य दुर्गा श्रेष्ठ लगायतले बोल्दै नेवा देय् दबुको महत्व र नेवार समुदायको संस्कृतिको जगेर्नामा जोड दिए । कार्यक्रममा नेवा देय् दबु बुटवलका अध्यक्ष सुन्दर श्रेष्ठ र कोषाध्यक्ष राजु भारी, कञ्चन गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर श्रेष्ठ र तिलोत्तमा नगरमा रहेका खलः पुचका अध्यक्ष र प्रतिनिधिहरूको सहभागिता थियो ।

प्रकाशित मिति : ११ पुस २०८१, बिहिबार  १० : ०२ बजे

क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा पाँच नेपाली नागरिक पक्राउ

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले रुपन्देहीको सिद्धार्थनगर

अधुरा तथा अपूरा आयोजनाको विवरण सङ्कलन गर्न समिति गठन

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशअन्तर्गत रहेका अधुरा तथा अपूरा

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडौँ । हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीले

चीनमा कार्गो जहाजमा आगलागी : कम्तीमा २० जनाको मृत्यु

काठमाडौँ । चीनको पूर्वी भागस्थित एक बन्दरगाहमा राखिएको विदेशी झण्डावाहक

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौ. । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ