१८ माघ २०८२, आइतबार | February 2, 2026

बुटवलमा युएनभी कम्पनीको शोरुम उद्घाटन



बुटवल । लुम्बिनी क्षेत्रका लागि युएनभी कम्पनीको उत्पादन बिक्री हुने गरी बुटवलमा शोरुम उद्घाटन गरिएको छ ।

विगत दुई दशकदेखी कम्प्युटर र सफटवेयरमा अनुभव बटुलेका बुटवल कम्प्युटर प्रालिका संचालक विष्णुप्रसाद गौतमले बुटवलमा युएनभी कम्पनीको सिसिटिभी क्यामरा, स्मार्ट बोर्ड, युटिपि केबल, मेमोरी लगायतका सेक्युरिटी आईटमहरुको बिक्री शोरुम संचालनमा ल्याएका हुन ।

एक समारोहका बीच युनिभ्यु डाईरेक्टर स्टेफन टाङले शोरुमको औपचारिक उद्घाटन गर्दै नेपाल प्रविधिमा पछिल्लोसमय धेरै विकास गरेको बताए । नेपालका युवाहरुको प्रविधिप्रतिको चासो र मागलाई मध्येनजर गरि कम्पनीले लगानी गरेको उनले बताए । युएनभीका उत्पादकहरु स्मार्ट स्टोरमा उपलब्ध गराउने गरि योजनाम आफुहरु रहेको भन्दै उनले हाल देशका १५० बढी डिलरहरुबाट सेवा दिदै आएको बताए ।

नेपालको लागि युएनभीको आधिकारीक बिक्रेता सामरी आईटी सोलुसन रहेको छ । ईलेक्ट्रिक क्यामरा, मोनिटर लगायतका हार्डवेयर कम्पनी उत्पादन गर्दै आएको विश्वमा नै चर्चित र गुणस्तरीयमा उत्कृष्ट रहेको यो बुटवलमा भित्राउन पाउदा धेरै गर्व महशुश गरेको उनले बताए ।

भिडियो निगरानी उत्पादन र समाधानहरूको एक अग्रणी विश्वव्यापी प्रदायक युनिभ्यु क्यामेरा सुपथ मुल्यमा बुटवलमा बजारमा उपलब्ध हुने संचालक विष्णु बताए । विशेष गरि गृह सुरक्षा, व्यापार निगरानी, खुद्रा अनुगमन, ट्राफिक व्यवस्थापन, स्मार्ट शहर समाधानमा यो क्यामरा उपयोगी रहेको उनले बताए । युएनभीले सम्भवतः युनिभ्यूलाई जनाउने भन्दै उनले यसका मुख्य विशेषताहरुमा कम प्रकाशमा समेत उच्च–गुणस्तर इमेज र उत्कृष्ट छवि गुणस्तरको लागि परिचित रहेको बताए । उन्नत प्रविधिका कारण अनुहार पहिचान, वस्तु पत्ता लगाउने र एआई भिडियो विश्लेषण जस्ता सुविधाहरू यसमा समावेश रहेको उनले बताए ।

कार्यक्रममा नेपाल च्यानल्स सेल्स म्यानेजर श्रदान अधिकारी, नेश्नल डिष्टिब्युटर सेल्स म्यानेजर भरत पौडेलले उत्पादनहरूको फराकिलो दायराको कारण नै बुलेट क्यामेराहरू, डोम क्यामेराहरू, पिटिजेड क्यामेराहरू, र थर्मल क्यामेराहरू सहित क्यामेराहरूको विविध उत्पादनहरु विश्वब्यापी माग बढ्दो रहेको बताए ।

यो ग्राहकको आवश्यकता र बजेटमा आधारित समेत रहेको छ । बजारमा पिटिजेड, एआई, नाईट भिजन लगायत विभिन्न प्रकारका गरि न्युनतम ४५०० देखि ५ लाखसम्मका क्यामराहरु उपलब्ध छन । जसमा १ वर्षको वारेन्टी र खरिद पछिको जडान र सेवाहरु उपलब्ध छ ।

प्रकाशित मिति : ११ पुस २०८१, बिहिबार  २ : ०९ बजे

खुल्यो जमुनाहा नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवागमन

नेपालगन्ज । जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत सुरु

ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ । दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

खुम्च्यो स्वास्थ्य बीमाको सेवा, ओपीडी सेवामा वर्षमा २५ हजार मात्र भुक्तानी हुने

काठमाडौं । स्वास्थ्य बीमा गरेका परिवारले पाउँदै आएको बीमा सेवालाई

भोटाहिटीस्थित साइबर ब्युरोको भवन महानगरलाई दिने गृह मन्त्रालयको निर्णय

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं महानगरपालिका-२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर

पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । उपचारका क्रममा आइतबार मध्याह्न काठमाडौंको ग्रान्डी अस्पतालमा निधन