१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

बुटवलमा युएनभी कम्पनीको शोरुम उद्घाटन



बुटवल । लुम्बिनी क्षेत्रका लागि युएनभी कम्पनीको उत्पादन बिक्री हुने गरी बुटवलमा शोरुम उद्घाटन गरिएको छ ।

विगत दुई दशकदेखी कम्प्युटर र सफटवेयरमा अनुभव बटुलेका बुटवल कम्प्युटर प्रालिका संचालक विष्णुप्रसाद गौतमले बुटवलमा युएनभी कम्पनीको सिसिटिभी क्यामरा, स्मार्ट बोर्ड, युटिपि केबल, मेमोरी लगायतका सेक्युरिटी आईटमहरुको बिक्री शोरुम संचालनमा ल्याएका हुन ।

एक समारोहका बीच युनिभ्यु डाईरेक्टर स्टेफन टाङले शोरुमको औपचारिक उद्घाटन गर्दै नेपाल प्रविधिमा पछिल्लोसमय धेरै विकास गरेको बताए । नेपालका युवाहरुको प्रविधिप्रतिको चासो र मागलाई मध्येनजर गरि कम्पनीले लगानी गरेको उनले बताए । युएनभीका उत्पादकहरु स्मार्ट स्टोरमा उपलब्ध गराउने गरि योजनाम आफुहरु रहेको भन्दै उनले हाल देशका १५० बढी डिलरहरुबाट सेवा दिदै आएको बताए ।

नेपालको लागि युएनभीको आधिकारीक बिक्रेता सामरी आईटी सोलुसन रहेको छ । ईलेक्ट्रिक क्यामरा, मोनिटर लगायतका हार्डवेयर कम्पनी उत्पादन गर्दै आएको विश्वमा नै चर्चित र गुणस्तरीयमा उत्कृष्ट रहेको यो बुटवलमा भित्राउन पाउदा धेरै गर्व महशुश गरेको उनले बताए ।

भिडियो निगरानी उत्पादन र समाधानहरूको एक अग्रणी विश्वव्यापी प्रदायक युनिभ्यु क्यामेरा सुपथ मुल्यमा बुटवलमा बजारमा उपलब्ध हुने संचालक विष्णु बताए । विशेष गरि गृह सुरक्षा, व्यापार निगरानी, खुद्रा अनुगमन, ट्राफिक व्यवस्थापन, स्मार्ट शहर समाधानमा यो क्यामरा उपयोगी रहेको उनले बताए । युएनभीले सम्भवतः युनिभ्यूलाई जनाउने भन्दै उनले यसका मुख्य विशेषताहरुमा कम प्रकाशमा समेत उच्च–गुणस्तर इमेज र उत्कृष्ट छवि गुणस्तरको लागि परिचित रहेको बताए । उन्नत प्रविधिका कारण अनुहार पहिचान, वस्तु पत्ता लगाउने र एआई भिडियो विश्लेषण जस्ता सुविधाहरू यसमा समावेश रहेको उनले बताए ।

कार्यक्रममा नेपाल च्यानल्स सेल्स म्यानेजर श्रदान अधिकारी, नेश्नल डिष्टिब्युटर सेल्स म्यानेजर भरत पौडेलले उत्पादनहरूको फराकिलो दायराको कारण नै बुलेट क्यामेराहरू, डोम क्यामेराहरू, पिटिजेड क्यामेराहरू, र थर्मल क्यामेराहरू सहित क्यामेराहरूको विविध उत्पादनहरु विश्वब्यापी माग बढ्दो रहेको बताए ।

यो ग्राहकको आवश्यकता र बजेटमा आधारित समेत रहेको छ । बजारमा पिटिजेड, एआई, नाईट भिजन लगायत विभिन्न प्रकारका गरि न्युनतम ४५०० देखि ५ लाखसम्मका क्यामराहरु उपलब्ध छन । जसमा १ वर्षको वारेन्टी र खरिद पछिको जडान र सेवाहरु उपलब्ध छ ।

प्रकाशित मिति : ११ पुस २०८१, बिहिबार  २ : ०९ बजे

लागुऔषधसहित देशका विभिन्न भागबाट १३ जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम । अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित

धान फल्ने खेतमा फूलखेती

झापा । धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क

एनपीएल : जनकपुरलाई दोस्रो जितको लक्ष्य, पोखरालाई पहिलो जितको अवसर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबार हुने खेलमा

हिमपातपछि डोल्पामा ६ भारतीय पर्यटक सम्पर्कविहीन, हिमपातले उद्धारमा कठिनाइ

सुर्खेत । डोल्पाको प्रसिद्ध पर्यटकीय गन्तव्य शे-फोक्सुन्डो क्षेत्रमा भ्रमणका लागि