१७ माघ २०८२, शनिबार | January 31, 2026

तिलावे पुल मर्मतसम्भारको माग


१२ पुस २०८१, शुक्रबार  

26
Shares

वीरगञ्ज । पर्साका ग्रामीण भेगलाई जोड्ने वीरगञ्ज महानगरपालिका र बहुदरमाई नगरपालिकाको सिमानामा रहेको क्षतिग्रस्त तिलावे पुल स्थानीयले अविलम्ब मर्मतसम्भार हुनुपर्ने माग गरेका छन् ।

पुलको स्पान भत्किएको साढे तीन महिना भएपनि जलस्रोत तथा सिँचाइ विभागबाट निरीक्षणबाहेक मर्मतसम्भारको प्रयास नहुँदा स्थानीयले अविलम्ब पुल बनाउनुपर्ने माग गरेका हुन् ।

नारायणी सिँचाइ व्यवस्थापन कार्यालयका इन्जिनियर सुरेशप्रसाद साहले पुसको पहिलो साता जलस्रोत तथा सिँचाइ विभागबाट उपमहानिर्देशक वासु तिमिल्सेनाको नेतृत्वमा स्थलगत निरीक्षण गरेर गएको जानकारी दिए । “जलस्रोत तथा सिँचाइ विभागका निरीक्षण गर्न आएका टोलीले सडक विभागका महानिर्देशकलाई तिलावे पुल मर्मतसम्भार थाल्न अनुरोध गरेको छ”, उनले भने, “निरीक्षण टोलीले भत्किएको पुलको स्पानमात्रै मर्मतसम्भार गरेर सञ्चालन गर्ने वा अर्को दुई लेनको नयाँ पुल निर्माण गर्ने सुझाव दिएको छ । यद्यपि निर्णय भएको छैन ।”

पुल नजिकबाट पथान्थरण गरिएको छ । “हामीले सहज रूपमा सवारीसाधन सञ्चालन गर्न डाइभर्सन गरेका छौँ । डाइभर्सन पनि एक साताभित्रै ग्राभेल गर्नेछौँ”, उनले भने । हाल यो पुलमा सवारीसाधन चलाउन रोक लगाइएको छ । तिलावे पुल ५० वर्षअघि निर्माण भएको हो ।

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  ९ : ३९ बजे

स्थानीय र प्रदेश निर्वाचनअघि कांग्रेसको १५ औँ महाधिवेशन हुन्छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह

म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना

बालेन साहको घरमा तोडफोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक