४ चैत्र २०८२, बुधबार | March 19, 2026

तिलावे पुल मर्मतसम्भारको माग


१२ पुस २०८१, शुक्रबार  

26
Shares

वीरगञ्ज । पर्साका ग्रामीण भेगलाई जोड्ने वीरगञ्ज महानगरपालिका र बहुदरमाई नगरपालिकाको सिमानामा रहेको क्षतिग्रस्त तिलावे पुल स्थानीयले अविलम्ब मर्मतसम्भार हुनुपर्ने माग गरेका छन् ।

पुलको स्पान भत्किएको साढे तीन महिना भएपनि जलस्रोत तथा सिँचाइ विभागबाट निरीक्षणबाहेक मर्मतसम्भारको प्रयास नहुँदा स्थानीयले अविलम्ब पुल बनाउनुपर्ने माग गरेका हुन् ।

नारायणी सिँचाइ व्यवस्थापन कार्यालयका इन्जिनियर सुरेशप्रसाद साहले पुसको पहिलो साता जलस्रोत तथा सिँचाइ विभागबाट उपमहानिर्देशक वासु तिमिल्सेनाको नेतृत्वमा स्थलगत निरीक्षण गरेर गएको जानकारी दिए । “जलस्रोत तथा सिँचाइ विभागका निरीक्षण गर्न आएका टोलीले सडक विभागका महानिर्देशकलाई तिलावे पुल मर्मतसम्भार थाल्न अनुरोध गरेको छ”, उनले भने, “निरीक्षण टोलीले भत्किएको पुलको स्पानमात्रै मर्मतसम्भार गरेर सञ्चालन गर्ने वा अर्को दुई लेनको नयाँ पुल निर्माण गर्ने सुझाव दिएको छ । यद्यपि निर्णय भएको छैन ।”

पुल नजिकबाट पथान्थरण गरिएको छ । “हामीले सहज रूपमा सवारीसाधन सञ्चालन गर्न डाइभर्सन गरेका छौँ । डाइभर्सन पनि एक साताभित्रै ग्राभेल गर्नेछौँ”, उनले भने । हाल यो पुलमा सवारीसाधन चलाउन रोक लगाइएको छ । तिलावे पुल ५० वर्षअघि निर्माण भएको हो ।

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  ९ : ३९ बजे

बाँके कांग्रेसबाट एक महासमिति सदस्य र एक प्रदेश महाधिवेशन प्रतिनिधिलाई निष्काशनको सिफारिस

नेपालगन्ज । नेपाली काङ्ग्रेस बाँकेले एकजना महासमिति सदस्य र एक

प्रधानसेनापति सिग्देलद्वारा समसामयिक परिस्थितिबारे छलफल

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग

बुटवल, सैनामैना र तिलोत्तमाका डिलरहरुबाट लुकाएर राखिएका ५०० बढी ग्यास सिलिण्डर बरामद

बुटवल । रुपन्देहीमा उपभोक्ताले खाना पकाउने ग्यास पाउन मुस्किल पर्न

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन