५ पुस २०८२, शनिबार | December 20, 2025

आफै सुतेको बिस्तरामा आगो लागेर पौडेलको मृत्यु



खजुरा । बाँकेको खजुरामा आफै सुतेको बिस्तरामा आगो लागेर एक जेष्ठ नागरिकको मृत्यु भएको छ । खजुरा क्षेत्रकै पुराना बासिन्दा ९० वर्षिय रत्नबहादुर पौडेलको आगोमा जलेर मृत्यु भएको हो ।

बिहिबार राती अबेरसम्म परिवारका सदस्यहरुसंगै कुराकानी गरेर सुतेका पौडेललाई आज बिहान ४ बजेको समयमा आगोमा जलेर मृत्यु भएको अवस्थामा भेटिएका थिए । उनी सुतिरहेको कोठाबाट जलेको गन्धआएपछि ढोका खोलेर हेर्दा जलेको अवस्थामा मृत भेटिएको परिवारका सदस्यले जनाएका छन् ।

शारिरीक अवस्था कमजोर भएर हिँडडुल गर्न नसक्ने अवस्थामा रहेका पौडेलको चुरोट पिउने बानी रहेको र मध्यराती चुरोट जलाउने क्रममा आगो लागेको हुन सक्ने अनुमान गरिएको छ । बन्द रहेको कोठामा धुँवामा निस्सासिएर उनको मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । उनको शवलाई पोष्टमार्टमका लागि भेरी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

पुनर्वास कम्पनीले पहिलो चरणमा जग्गा वितरण गर्दा स्याङ्जाबाट बसाई सरेर खजुरामा आएका पौडेल कुनैबेला खजुरा क्षेत्रकै चर्चिच होटल व्यवसायीकारुपमा परिचित रहेका थिए । पौडेलका ३ छोरी र २ छोरा छन् ।

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  ११ : १५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको