२४ भदौ २०८३, बुधबार | September 9, 2026

बुटवलमा छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पुस १६ गतेदेखि सञ्चालन हुने



बुटवल । बुटवल उपमहानगरपालिकाले छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तीव्र रुपमा तयारी गरेको छ । पुस १६ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी तीव्र रुपमा गरेको हो ।

प्रतियोगिताको तयारी स्वरूप शुक्रबार उपमहानगरपालिका अन्तर्गतको अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ व्यवस्थापन तथा निर्देशन समिति र खेल विधागत संयोजकको संयुक्त बैठक सम्पन्न भएको छ ।

बैठकमा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले बुटवलमा सञ्चालन हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले देशभर नयाँ सन्देश दिने खालको बनाउनुपर्नेमा जोड दिए ।

खेलकुदकै माद्यमबाट पनि बुटवललाई चिनाउने उदेश्यले उपमहानगरपालिकाले खेलकुद क्षेत्रमा उल्लेख्य बजेट छुट्टयाइएको बताउदै नगर प्रमुख पाण्डेयले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भब्य रूपमा सम्पन्न गर्न कुनै कसर बाँकी नराख्न निर्देशन समेत दिए ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितासहित नगरमा सञ्चालन हुने अन्य खेलकुद प्रतियोगिताका लागि पर्याप्त बजेट छुट्टयाइएको भन्दै उनले प्रतियोगिताहरू भव्य र सभ्य रूपमा सम्पन्न गर्न बजेटको कमि हुन नदिने प्रतिवद्वता व्यक्त गरे ।

आफ्नो कार्यकालमा जवई खेलमैदान सहित चारवटा खेलमैदानलाई राष्ट्रिय स्तरका प्रतियोगिता सञ्चालन गर्न सकिने गरी स्तरोन्नतीको काम भइरहेको जानकारी गराउदै नगर प्रमुख पाण्डेयले शिक्षा र स्वास्थ्य सहित खेलकुदको माद्यमबाट पनि बुटवललाई चिनाउने गरी काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिए ।

नगर खेलकुद विकास समितिका अध्यक्ष बोनिन पियाको सभापतित्वमा सम्पन्न बैठकमा जिल्ला खेलकुद विकास समिति रूपन्देहीका निमित्त प्रमुख चन्द्रकान्त आचार्य, एथलेटिक्स खेल संयोजक मोहन बहादुर घले, नगर खेलकुद विकास समितिका सदस्य हेमराज आचार्य, अर्का सदस्य सुजन पुन, भलिबल खेल संयोजक अर्जुन प्रसाद घिमिरे, कराते खेल संयोजक उमेश थापा, मार्चपास संयोजक हरिश वली, राजिवसिंह क्षेत्रीलगायतले आ आफ्नो भनाइ राखेको नगर खेलकुद विकास समिति सदस्य शेरजङ गुरूङले जानकारी दिए ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत छात्ररछात्रा भलिबल, छात्ररछात्रा कबड्डी, कराते, तेक्वान्दो र एथलेटिक्स प्रतियोगिता हुने खेलकुद विकास समिति अध्यक्ष पियाले जानकारी दिए ।

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  २ : ३० बजे

सुनसान छन् सौराहाका होटल, पर्यटक भन्छन् नेपालको विपदमा कसरी रमाउनु

चितवन । पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै

जेनजी आन्दोलनबारे प्रचण्डको प्रश्न- ‘दोषी को थियो, लाभ कसले उठायो ?’

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी

भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध

कर्णाली । कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । उक्त

पुरानै बहावमा बग्न थाल्यो पहिरोले थुनिएको किम्रोङ खोला

काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ मा पहिरो खसेर थुनिएको किम्रोङ

‘भदौ २४ को विध्वंस लोकतन्त्रमाथिको योजनाबद्ध आक्रमण थियो’ : एमाले

काठमाडौं । नेकपा (एमाले)ले गत वर्ष भदौ २३ र २४