१ पुस २०८२, मंगलबार | December 16, 2025

संविधान र कानुनबमोजिम नागरिकता प्राप्तिलाई सहज बनाउँछौँ : गृहमन्त्री लेखक



काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधान र कानुनबमोजिम नागरिकता प्राप्तिलाई सहज बनाइने बताएका छन् ।

गृहमन्त्रालयमा आज नागरिकता समस्या समाधान अध्ययन समितिको प्रतिवेदन बुझ्दै गृहमन्त्री लेखकले भने, “जसले संविधान र कानुनबमोजिम नागरिकता प्राप्त गर्नुपर्ने हो । उसले नागरिकता पाउनै पर्छ । तर नागरिकता प्राप्त गर्न नहुने व्यक्तिले नागरिकता पाउने अवस्था बन्नुहुँदैन । यी दुईवटा कुरामा स्पष्ट छौँ ।”

नागरिकता निकै संवेदनशील विषय भएको उल्लेख गर्दै गृहमन्त्री लेखकले यसलाई गम्भीर र जिम्मेवारीपूर्वक हेर्नुपर्ने बताए। “प्रक्रियागत झमेलाका कारणले नागरिकता नपाएको स्थिति हुनुहुँदैन । सम्मानित सर्वोच्च अदालतबाट पटक पटक फैसला भएका छन्,” उनले भने, “पटक÷पटक निर्देशन दिने काम भएका छन् । यी सबै कुरालाई मध्यनजर गरेर नागरिकता प्राप्तिमा देखिएका समस्या समाधान गर्न सरकार अगाडि बढेको छ ।”

समितिले झन्डै तीन महिनामा सबै कुराको अध्ययन गरेर अदालतका फैसला, मौजुदा कानुनी व्यवस्था, विभिन्न जिल्ला प्रशासनमा देखिएका जटिलतालाई अध्ययन गरेको उल्लेख गर्दै गृहमन्त्री लेखकले प्रतिवेदनको गम्भीरतापूर्वक अध्ययन गरेर कार्यान्वयनमा लैजाने बताए ।

“हामी प्रतिवेदनको गम्भीरतापूर्वक अध्ययन गर्छौं । कहाँ के समस्या औँल्याउनु भएको छ ? समाधानका उपाय के देखाउनु भएको छ । यसको के निष्कर्ष उहाँहरुले दिनुभएको छ ? यो कुरालाई अध्ययन गरेर थप आवश्यक काम हामी गर्छौं”, गृहमन्त्री लेखकले भने ।

प्रतिवेदनमा नेपाली आमाबाट जन्मिएका सन्तानलाई नागरिकता पाउन सहज हुनेलगायत विषय समेटिएका छन् । गृहमन्त्री बनेपछि मन्त्री लेखकले गत भदौ ३१ गते गृहमन्त्रालयका सहसचिव डा टोकराज पाण्डेको नेतृत्वमा उक्त समिति गठन गरेका थिए। पाण्डे नेतृत्वको समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव, कानुन मन्त्रालयका उपसचिव, गृह मन्त्रालयको कानुन महाशाखाका प्रतिनिधि र नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका उपसचिव सदस्य रहेका थिए ।

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  ५ : ५५ बजे

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि