६ श्रावण २०८३, बुधबार | July 22, 2026

प्रवासी नेपालीद्वारा म्याग्दीको दुई विद्यालयलाई कम्युटर सहयोग



म्याग्दी । प्रवासी नेपालीले म्याग्दीको दुई विद्यालयलाई रु छ लाख पचास हजार मूल्य बराबरको सूचना प्रविधिका सामग्री उपलब्ध गराएका छन् ।

अमेरिकास्थित वाल्टिमोरमा बसोबास गर्ने नेपाली आवद्ध लायन्स क्लव अफ वाल्टिमोर नेप्लिजले बेनी नगरपालिका–८ कालिपुलको बालमन्दिर माध्यमिक र वडा नं. २ बगरफाँटको सरस्वती आधारभूत विद्यालयलाई कम्प्युटर उपलब्ध गराएका हुन् ।

सरस्वती आधारभूत र बालमन्दिर माविको अवस्थाका विषयमा अमेरिकामा क्लवले आयोजना गरेको वृत्तचित्रको विशेष प्रर्दशनी ‘च्यारिटी सो’ मार्फत सहयोग जुटाएर सहयोग गरिएको लायन्स क्लव अफ बाल्टिमोरका अध्यक्ष बैकुण्ठमान श्रेष्ठले बताए ।

क्लवले नौ थान कम्प्युटर उपलब्ध गराएको बालमन्दिर माविमा इन्टरनेट जडान, पुराना कम्प्युटर र विद्युत मर्मत, रंगरोगन र सन्देशमुलक चित्र सहित रु. पाँच लाख ५० हजार मूल्य बराबरको सामग्री उपलब्ध गराएको छ ।

सरस्वती आधारभूतलाई रु. एक लाख मूल्य बराबरको दुई थान कम्प्युटर र एक थान रंङ्गिन प्रिन्टर सहयोग गरेको छ । क्लवका अध्यक्ष श्रेष्ठले आज बेनी नगरपालिकाका प्रमुख सुरत केसी, बेनपा–८ का अध्यक्ष उत्तम कर्माचार्य मार्फत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रअलाई सामग्री हस्तान्तरण गरे ।

यसैगरी सरस्वती आधारभूतको कक्षा ६ की छात्रा सृष्टि विकलाई रु. ३० हजार र बालमन्दिर आधारभूतको कक्षा ८ का रिजन बिक र कक्षा ५ की सोनिया क्षेत्रीको पठनपाठनका लागि रु। १५÷१५ हजार सहयोग गरेको छ ।

अमेरिकामा रहेका बालमन्दिर माविका पुर्व विद्यार्थी प्रेम चर्माकार र लायन्स क्लव अफ बेनी लभ्लिहिलको समन्वयमा विद्यालयलाई प्रविधीका सामग्री सहयोग गरिएको हो । कम्प्युटर र शैक्षिक सामग्रीले विद्यालयको पठनपाठन तथा प्रशासनिक काममा प्रबिधीको प्रयोग गर्न सहयोग पुगेको बालमन्दिर माविका प्रअ सुरेन्द्र केसीले बताए ।

प्रकाशित मिति : १३ पुस २०८१, शनिबार  ११ : ५२ बजे

पहिरो खस्दा आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

काठमाडौं । अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न

बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’, जलवायु सचेतनासँगै मानवीय सहयोग कोष घोषणा

काठमाडौं । नेपाली कांग्रेसले विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवसका

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको