१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

बुटवल मेला : ममता रानाले हात पारिन व्युटी फेयर २०८१ को उपाधी



बुटवल । बुटवलमा जारी औद्योगिक व्यापार मेलामा सम्पन्न व्युटी फेयर २०८१ को उपाधि ममता रानाले हात पारेकी छन् । उत्कृष्ट १२ जना मेकअप आर्टिस्ट बीच भएको ग्राण्ड फिनालेमा इरुम ब्यूटी पार्लरकी रानाले उपाधिसँगै नगद २० हजार पुरस्कार राशी हात पारेकी छन् ।

यसैगरी फर्स्ट रनरअप बन्न सफल साज व्युटीहोमकी सेजल प्रधानले नगद १० हजार तथा सेकेण्ड रनरअप बन्न सफल लुमी व्युटी होमकी दिपु शाहीले नगद ५ हजार पुरस्कार हात पारिन । प्रतियोगितामा मेकप आर्टिस्टहरु श्रेया केसी, फेसन डिजाइनर अनुपा श्रेष्ठ र सामाजिक अभियन्ता कल्पना शिवाकोटीले जुरी मेम्बरको भूमिका निर्वाह गरेका थिए ।

तिलोत्तमा नगरपालिकाको आर्थिक सहयोगमा आयोजना गरिएको व्युटी फेयर २०८१ मा निःशुल्क परामर्श, महिला उद्यमीलाई प्रवर्द्धन, हस्तकलाका सामग्रीहरु बिक्री लगायतका स्टलहरु राखिएको महिला उद्यमी तथा व्युटी फेयर संयोजक रेनु श्रेष्ठले जानकारी दिइन् । बुटवल उद्योग वाणिज्य संघको आयोजनामा यही पौष ३ गतेदेखि अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल बुटवल मण्डपमा जारी मेलामा काठमाडौंपछि पहिलो पटक व्युटी फेयरको आयोजना गरिएको संयोजक श्रेष्ठले जानकारी दिइन् ।

व्युटी फेयरमा सौन्दर्य कलामा लागेका महिलाहरुका उद्यम तथा अन्य महिला उद्यमीहरुलाई समेत जोडेर १६ वटा स्टलमा उनीहरुको उत्पादनहरु राखिएका छन् । मेला घुम्न आउने दर्शकलाई मनोरञ्जनसँगै जीवन जिउने कला र ध्यानबारे समेत जानकारी गराउँदै आइएको व्युटी फेयरकी संयोजक श्रेष्ठले बताइन् । व्युटी फेयरको माध्यमबाट थप महिलाहरुलाई उद्यमी बनाउने उद्देश्य रहेको उनले बताइन् ।

यस पेभेलियन अन्तरगत स्किन केयर, हेयर केयर र सौन्दर्यसंग सम्बन्धित विषयमा सेवासंगै विषयविज्ञले परामर्श समेत प्रदान गर्दै आएका छन् । यहाँ छाला, कपाल तथा नङ श्रीङ्गार तथा सजावटमा प्रयोग गरिने राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीका प्रोडक्टहरु विक्रिका लागि राखिएका छन् ।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  ४ : ५० बजे

कांग्रेस सभापति थापाद्वारा विशेष बैठक आह्वान, सरकारका गतिविधिबारे छलफल हुने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले

चाडपर्वमा चम्किन्छ माटाका भाँडाको बजार, वर्षभरि सुस्ताउँछ कारोबार

जनकपुरधाम । दीपावली र छठको पूर्व सन्ध्यामा जनकनन्दनी गाउँपालिका–४ खजुरीका

वर्षा र पहिरोले काभ्रे, खोटाङ र ललितपुरका सडक अवरुद्ध

काठमाडौं । लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो बगेर सडकमा

मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व उठ्यो

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक

नागढुंगा-सिस्नेखोला सुरुङमार्गमा आजदेखि टोल शुल्क, कुन सवारीलाई कति ?

काठमाडौं । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आज आइतबार (कात्तिक