४ पुस २०८२, शुक्रबार | December 19, 2025

तमु ल्होसारको अवसरमा चलचित्र ‘कुस्ती’ घोषणा



काठमाडौँ । तमु ल्होसारको अवसरमा कलाकार बुद्धि तामाङले चलचित्र ‘कुस्ती’ निर्माण गर्ने घोषणा गरेका छन् ।

अनिल योञ्जनको लेखन तथा निर्देशनमा तयार हुने चलचित्र कुस्तीमा अभिनेता तामाङसँगै धीरज मगर र अभिनेत्री मिरुना मगरले अभिनय गनेैछन् । चलचित्रको सार्वजनिक गरिएको पोस्टरमा कलाकारको आवरण (लुक्सं) चरित्रअनुसार राखिएको कलाकार तामाङले जानकारी दिए ।

उनले भने, “हामीले तयार गरेको पोस्टर र त्यहाँ कलाकारले लगाउनुभएको पोसाकमा भएको रङ्गले स्वभावलाई चित्रण गर्छ । हरियो र गुलाबी रङमार्फत हामीले उनीहरुको सम्बन्ध र स्वभावलाई उल्लेख गरेका हौँ । छुट्टिन नसक्ने र सँगै रहन पनि नसक्ने जोडीको प्रेम कथामा चलचित्र तयार हुनेछ ।”

कथावस्तु मन पर्नुका साथै अनुभवी समूह रहेकाले आफूले कलाकारितासँगै चलचित्र निर्माणलाई अगाडि बढाएको तामाङले बताए । यसमा कलाकार तामाङलाई चलचित्र निर्माणमा निर्देशक योञ्जनले सघाउने छन् । सम्बन्धमा रहेको जोडीको प्रेममा आउने उतारचढाव नै मुख्य विषय रहेको उनले बताए ।

“उनीहरु एक अर्कालाई धेरै माया गर्छन् तर आ–आफ्नो स्वभावका कारण एकसाथ रहन कठिनाइको सामना गरिरहेका हुन्छन् । दर्शकले यो जोडीबाट गर्ने अपेक्षालाई पूर्ण गर्ने हाम्रो प्रयास रहनेछ । एउटा पारिवारिक प्रेम कथानक चलचित्र बनाउने कोसिस गरिरहेका छौँ”, तामाङले भने ।

काठमाडौँ रिच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्ट, मोफसल एफडी कम्पनीले प्रदर्शनका लागि वितरण गर्ने चलचित्रको छायाङ्कन आउँदो फागुनमा हुने बताइएको छ । अनुषा सिनेमावुड पिक्चर्स प्रालिको व्यानरमा तयार हुने उक्त चलचित्र आउँदो वर्ष २०८२ भदौमा प्रदर्शन हुनेछ ।

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  ६ : ३८ बजे

देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ

पाटन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले देशभर स्थानीय

योजना र नतिजा विश्लेषण बिनाको खर्चले राज्यप्रति विश्वास घट्यो : उद्योगमन्त्री सिन्हा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले योजना, प्राथमिकता

शुक्रबार सुनको मूल्य तोलामा २ हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार

रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही अदालत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइको प्रक्रिया

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ