१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

च्याउको गुणस्तरीय बिउ उत्पादनमा ध्यान दिन कृषि मन्त्रीको आग्रह



काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले अबको ध्यान स्वदेशमै च्याउको गुणस्तरीय बीउ उत्पादनतर्फ हुनुपर्ने बताएका छन्।

च्याउ उत्पादक किसान सङ्घले आज भृकुटीमण्डपमा आयोजना गरेको च्याउ मेला तथा परिकार महोत्सवलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले च्याउको गुणस्तरीय बीउको समस्याका कारण उत्पादक र उत्पादकत्व कम भएको बताए । नेपाली नागरिकमा च्याउ खाने बानी बढेसँगै यसको बजार पनि बढ्दै गएकाले हाल देखिएका चुनौतीको समाधान गर्दै अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

नेपाल च्याउमा आत्मनिर्भर हुँदै गएकाले बिस्तारै निर्याततर्फ लाग्ने गरी काम गर्नुपर्नेमा जोड दिँदै मन्त्री अधिकारीले यसका लागि सरकार, निजी क्षेत्र र किसानको संयुक्त प्रयास आवश्यक देखिएको बताए । च्याउको गुणस्तर वृद्धिका लागि मन्त्रालय मातहतका निकायले काम गरिरहेको उल्लेख गर्दै उनले चालु आर्थिक वर्षभित्र यसको खेती गर्न सिफारिस जात पञ्जीकरण गर्ने तथा गुची च्याउ, धमिरे च्याउ, लेटिपोरसजस्ता वहुमुल्य र पौष्टिक जातको अनुसन्धान सुरुआत गरिएको बताए। ती जातका बीउबिजन उत्पादनमा सफलता हात परेको एवं खेती प्रविधि विकासका लागि काम भइरहेको जानकारी दिँदै मन्त्री अधिकारीले यसको अनुसन्धान पश्चात प्रसार गर्न कृषि मन्त्रालयले कार्य योजना तय गर्ने प्रतिबद्धता व्यक्त गरे ।

बर्सेनि पुस १५ गतेलाई राष्ट्रिय च्याउ दिवसको रुपमा मनाउन मन्त्रालयले आवश्यक गृहकार्य गर्ने जानकारी दिँदै मन्त्री अधिकारीले अब च्याउको उत्पादन विविधिकरणतर्फ जान जरुरी रहेकामा जोड दिए ।

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  ८ : १७ बजे

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’