२० मंसिर २०८२, शनिबार | December 6, 2025

शनिबार बुटवलमा मिनी म्याराथन हुने



बुटवल । ‘स्वास्थ्यका लागि दौड’ भन्ने मूल नारासहिछ बुटवलमा शनिबार मिनी म्याराथन प्रतियोगिता हुने भएको छ । चिकित्सक संघ लुम्बिनी प्रदेशको आयोजनामा यहाँका विभिन्न संघ-संस्थामा आवद्ध  सदस्यहरू बीच दौड प्रतियोगिता हुने भएको हो ।

बुटवलको कालिकानगरदेखि तिलोत्तमाको मँगलापुरसम्म ७ किलोमिटर दूरीमा हुने प्रतियोगितामा व्यवसायिक धावक नभई संघ संस्थाका सदस्यहरु बीच प्रतियोगिता गर्न लागिएको संघका अध्यक्ष डा. कृष्ण खरेलले जानकारी दिए ।

प्रतियोगिताबारे जानकारी गराउन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै खरेलले आपसी सद्भाव र भातृत्व बिकासका लागि म्याराथन आयोजना गरिएको बताए । प्रतियोगितामा विजेताले १५ हजार, उपविजेताले १० हजार तथा तृतीय हुनेले ७ हजार नगद राशी प्राप्त गर्ने छन् । प्रतिय‍ोगितामा महिला र पुरुष गरी दुबै समूहका विजेताले समान पुरस्कार प्राप्त गर्ने संघका महासचिव प्रकाश बस्नेतले जानकारी दिए ।

प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको र करिब १५० धावक सहभागी हुने अनुमान गरिएको महासचिव बस्नेतले जानकारी दिए । शनिबार विहान ८ बजे बुटवलको कालिकानगरबाट सुरु भएको दौड तिलोत्तमाको मँगलापुरमा पुगेर सकिने छ ।

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  ११ : १३ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति