२१ बैशाख २०८३, सोमबार | May 4, 2026

शुक्रबारदेखी आकस्मिक र सघन बाहेकका सेवा ठप्प पार्दै चिकित्सक संघ



बुटवल । नेपाल चिकित्सक संघको आह्वानमा आन्दोलनमा उत्रिएका देशैभरका चिकित्सकहरुको आन्दोलनमा चिकित्सक संघको साबिक लुम्बिनी अञ्चल शाखा बुटवलले एक्यवद्धता जनाएको छ । लुम्बिनी शाखाको अगुवाईमा यहाँका चिकित्सकहरुले विहिबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा ज्ञापनपत्रसहित दुई घण्टा धर्ना दिएका छन ।

आवासिय चिकित्सकहरुलाई तोकिएको न्युनतम पारिश्रमिक कार्यान्वयन गर्न सरकारलाई दबाब दिदै देशभरका चिकित्सकहरुको आन्दोलनका क्रममा यहाँका सचकित्सकहरु पनि आन्दोलित भएका हुन् ।

संघको आन्दोलनको कार्यक्रम अन्तरगत विहिबार देशभर बिरोध सभा गरेका छन् । संघका उपाध्यक्ष वर्षा थापा, सचिव प्रकाश बस्नेत, कोषाध्यक्ष रमेश भट्टराई, सदस्य सम्राट पराजुलीले सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जिवी रानालाई ज्ञापन पत्र बुझाउदै आन्दोलनका कार्यक्रमबारे जानकारी दिए ।

नेपाल चिकित्सक संघ लुम्बिनी शाखा बुटवलको बिहिबार नै बसेको आकस्मिक बैठकबाट शुक्रबारदेखी आकस्मिक तथा सघन (आईसियु) उपचार सेवाबाहेक सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पार्ने निर्णय भएको महासचिव डा प्रकाश बस्नेतले बताए । उनले केन्द्रको निर्देशन अनुसार शुक्रबारदेखी ओपिडि सेवा बन्द गर्ने निर्णय गरिएको जनाए ।

चिकित्सा शिक्षा आयोगको १६ औ पूर्ण बैठकबाट आवासिय चिकित्सकहरुको पारिश्रमिकको विषयमा भएको निर्णय कार्यान्वयन नहुँदा आन्दोलमा उत्रनुपरेको नेपाल चिकित्सक संघ लुम्बिनीका अध्यक्ष डा कृष्ण खरेलले बताए । स्वास्थ्यकर्मीहरुको सम्मान, हक अधिकार र सुरक्षाका लागि संघर्षका कार्यक्रम अघि बढाउन बाध्य भएको उनले बताए ।

घोषणा अनुसार आवासिय चिकित्सकहरुको न्युनतम पारिश्रमिक कार्यान्वयन नभएसम्म आन्दोलन नरोकिने उनले बताए । ‘अस्पतालमा अतिआवश्यक सेवाबाहेकका अन्य सबै सेवा अनिश्चित समयका लागि बन्द गर्ने निर्णय गरेका छौ ।’ उनले भने ।

बैठकमा संघका सहसचिव मोहन तिवारीले यो आन्दोलन समग्र चिकित्सकको पक्षमा भएको बताए । आन्दोलनमा एक ढिक्का भएर आउन उनले सबै चिकित्सकहरुलाई आग्रह गरे ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहिबार  ८ : ४८ बजे

‘सरकार प्रेस स्वतन्त्रता कुण्ठित गर्ने दिशामा अघि बढ्यो’

नेपालगन्ज । नेपालगन्जका अगुवा पत्रकारहरुले सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति

लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे बोल्यो सरकार

काठमाडौँ । सरकारले लिपुलेक क्षेत्र नेपालको अभिन्न भू–भाग भएको प्रष्टीकरण

आगलागीबाट बत्तीस लाख बराबारको क्षति

काठमाडौँ । देशका विभिन्न भागमा भएका आगलागीका घटनामा रु ३२

‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले ‘होल्डिङ सेन्टर’का

राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाए संवैधानिक परिषद् अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारलाई फिर्ता