१३ भदौ २०८३, शनिबार | August 29, 2026

शनिबार बुटवलमा मिनी म्याराथन हुने



बुटवल । ‘स्वास्थ्यका लागि दौड’ भन्ने मूल नारासहिछ बुटवलमा शनिबार मिनी म्याराथन प्रतियोगिता हुने भएको छ । चिकित्सक संघ लुम्बिनी प्रदेशको आयोजनामा यहाँका विभिन्न संघ-संस्थामा आवद्ध  सदस्यहरू बीच दौड प्रतियोगिता हुने भएको हो ।

बुटवलको कालिकानगरदेखि तिलोत्तमाको मँगलापुरसम्म ७ किलोमिटर दूरीमा हुने प्रतियोगितामा व्यवसायिक धावक नभई संघ संस्थाका सदस्यहरु बीच प्रतियोगिता गर्न लागिएको संघका अध्यक्ष डा. कृष्ण खरेलले जानकारी दिए ।

प्रतियोगिताबारे जानकारी गराउन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै खरेलले आपसी सद्भाव र भातृत्व बिकासका लागि म्याराथन आयोजना गरिएको बताए । प्रतियोगितामा विजेताले १५ हजार, उपविजेताले १० हजार तथा तृतीय हुनेले ७ हजार नगद राशी प्राप्त गर्ने छन् । प्रतिय‍ोगितामा महिला र पुरुष गरी दुबै समूहका विजेताले समान पुरस्कार प्राप्त गर्ने संघका महासचिव प्रकाश बस्नेतले जानकारी दिए ।

प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको र करिब १५० धावक सहभागी हुने अनुमान गरिएको महासचिव बस्नेतले जानकारी दिए । शनिबार विहान ८ बजे बुटवलको कालिकानगरबाट सुरु भएको दौड तिलोत्तमाको मँगलापुरमा पुगेर सकिने छ ।

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  ११ : १३ बजे

गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा

काठमाडौँ । राजधानीका विभिन्न स्थानमा एक वर्षभित्र दिवङ्गत भएका आफन्तको

धुन्चेमा रोकिएका बाढी प्रभावितलाई वैकल्पिक मार्गबाट काठमाडौं ल्याइँदै

काठमाडौं । उद्धारको प्रतीक्षामा रसुवाको सदरमुकाम धुन्चेमा रोकिएका बाढी प्रभावितलाई

चितवनमा सङ्कलित शवको डीएनए संकलन गरी समाधिस्थ गरिने

चितवन । रसुवाको भोटेकोशी बाढीमा मृत्यु भई बगेर चितवनसम्म पुगेका

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सङ्ख्या ६१६ पुग्यो

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता

काठमाडौं । त्रिशूली नदीमा भदौ १० गते आएको भीषण बाढीका