२१ असार २०८३, आइतबार | July 5, 2026

तिलोत्तमा मेयर कप टी-२० क्रिकेट प्रतियोगिता २०८१ को उपाधी वडा नम्बर १३ लाई



तिलोत्तमा । तिलोत्तमास्तरिय मेयर कप टी-२० क्रिकेटको उपाधि वडा नम्बर १३ ले जितेको छ । सन्दीप यादवको अर्धशतकसँगै वडा नम्बर १७ लाई पराजित गर्दै वडा नम्बर १३ ले तिलोत्तमा मेयर कप टी-२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको हो ।

नवजीवन खेलमैदानमा भएको फाइनलमा वडा नम्बर १३ ले तीन रनको रोमाञ्चक जित हात पार्ने क्रममा वडा नम्बर १३ ले दिएको १२० रनको लक्ष्य पछ्याएको वडा नम्बर १७ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११६ रन मात्रै बनाउन सक्यो ।

वडा नम्बर १३ लाई जित दिलाउन अभिषेक विक र कृष्ण भुसालले समान तीन विकेट लिए। उनीहरूको कसिलो बलिङसामू वडा नम्बर १७ का ब्याटर टिकेर खेल्न सकेन । लालबहादुर मलाहले सर्वाधिक ३० रन बनाए । २४ बल खेलेका उनले चार चौका र एक छक्का प्रहार गरे । शिव न्यौपाने १९, सुरज चौधरी १७, सागर चौधरी १२ र घनश्याम चौधरी ११ रनमा आउट हुँदा अन्यको ब्याटबाट दोहोरो अंकमा रन बन्न सकेन। वडा नम्बर १३ का लक्ष्मण कुमाल, लोकेश पाण्डे र अमन बोहराले पनि बलिङमा समान एक विकेट आफ्नो नाममा लेखाए ।

त्यसअघि टस जितेर ब्याटिङ थालेको वडा नम्बर १३ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ११९ रन बनाएको थियो । वडा नम्बर १३ का सन्दीपले सर्वाधिक ५२ रन बनाए । ४९ बल खेलेका उनले ९ चौका प्रहार गरे। कृष्ण भूसाल २०, श्रीधर बस्याल १७ र अमन बोहरा १३ रनमा आउट भए । वडा नम्बर १७ का सञ्जय पासवानको नाममा सर्वाधिक दुई विकेट रह्यो । फाइनल खेलको म्यान अफ द म्याच कृष्ण घोषित भए। प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान वडा नम्बर १६ का विवेक अधिकारी रहे । उनले प्रतियोगिताभर १०४ रन बनाए ।

सर्वाधिक ९ विकेट लिएका वडा नम्बर ६ का जय गोदार उत्कृष्ट बलर घोषित हुँदा उत्कृष्ट फिल्डर शिव न्यौपानले, उदीयमान खेलाडी सुसान्त सुवेदी र प्रतियोगिताको उत्कृष्ट खेलाडी अमन बोहरा रहे। अमनले प्रतियोगिताभर १०९ रन बनाउनुका साथै तीन विकेट लिएका थिए । विजेता वडा नम्बर १३ ले ५० र उपविजेता वडा नम्बर १७ ले ३० हजार रूपैयाँ प्राप्त गरे। उत्कृष्ट खेलाडीले १० तथा उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट फिल्डरले समान पाँच हजार रुपैयाँ पाए ।

समापन कार्यक्रम बोल्दै नेपथ्य कलेजका प्रिन्सिपल सँजीव भण्डारीले, तिलोत्तमा नगरपालिकाले आफ्नै सुविधा सम्पन्न खेल मैदानका लागी पहल थाल्नुपर्नेमा जोड दिए । यसैगरि कार्यक्रममा बोल्दै प्रदेश क्रिकेट संघका अध्यक्ष तथा अन्तराष्ट्रिय अम्पाएर सँजय गुरुङले एनपिएल कै झल्को दिने गरि तिलोत्तमामा ड्युज बलले मेयर कप हुनु आफैमा सुखद र अन्य पालिकाका लागी उदाहरणीय भएको बताए ।

नगरप्रमुख रामकृष्ण खाँडले तिलोत्तमा ६ नवजीवन क्लवको मैदानलाई सुविधा सम्पन्न बनाउन पहल भैरहेको जनाए । उनले प्रदेश तथा संघ सरकारको पहलमा मैदान स्तरोन्नति गर्ने गरि आफुले काम गरिरहेको दावी गरे । तिलोत्तमा नगरपालिकाले सदा सर्वदा खेलाडीहरुको सम्मान गर्ने गरेको मेयर खाँडको भनाई थियो । उनले खेलाडी सम्मान तथा नगरवासीको रुचिलाई ध्यानमा राखेर आईटी पार्क निर्माण गरेको समेत जिकिर गरे ।

तिलोत्तमा नगर खेलकुद विकाश समितिका अध्यक्ष लोक पुनको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा तिलोत्तमा क्रिकेट विकाश समितिका अध्यक्ष अर्जुन पराजुली, नेपाली टोलीका असिष्टेन्ट कोच बसन्त शाही, नवजीवन क्लवका वरिष्ठ उपाध्यक्ष प्रकाश न्यौपाने, राष्ट्रिय कोच शँकर राना, तिलोत्तमा वडा न १६ का वडाअध्यक्ष नारायण ढकाल, १७ का वडाध्यक्ष दान बहादुर चौधरी, प्रथम पुरस्कारको प्रायोजन गर्ने माउण्ट एभरेष्ट कत्था मिल्स तिलोत्तमाका सन्चालक कुमार रोका क्षेत्री, विधागत तर्फका पुरस्कार प्रायोजन गर्ने अन्नपुर्ण एग्रोका सन्चालक बम बहादुर थापा लगायतको सहभागिता रहेको थियो ।

प्रतियोगिता लगत्तै प्रतिक्रिया दिदै तिलोत्तमा क्रिकेट विकाश समितिका सहसचिव लक्ष्मण भट्टराईले अब लगत्तै टिपिएलको पाँचौ सँस्करणका लागी जुट्ने बताए । उनले अबको दुई चार दिनमै बैठक बसेर टिपिएल आयोजनाबारे आधिकारिक ढंगले अघि बढने र सो सम्बन्धि आधिकारिक धारणा सार्वजनिक गर्ने जनाए । समापन कार्यक्रमको सन्चालन सचिव मिलन भण्डारीले गरेका थिए ।

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  ८ : ३० बजे

रचनात्मक सुझावसहित संवादमा आउन महासङ्घलाई सञ्चारमन्त्रीको आग्रह

ललितपुर । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सञ्चार क्षेत्रका

कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना

मुस्ताङ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडकराज पौडेलले कालिगण्डकी

ऊर्जा सङ्कटपछि भारतले तेल अन्वेषण विस्तार गर्ने

नयाँदिल्ली । पश्चिमएशियामा भएको युद्धका कारण ऊर्जा आपूर्तिमा आएको अवरोधपछि

प्रचारप्रशारका क्रममा चलचित्र ‘गौँथली’ को निर्माण टिम कलाकारसहित नेपालगन्जमा

नेपालगन्ज । आगामी साउन १ गतेबाट प्रदर्शनको तयारीमा रहेको प्रतिक्षित

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा-बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर-बर्दिबास अन्तर्गत १८ किलोमिटर