३० बैशाख २०८३, बुधबार | May 13, 2026

सहकारी क्षेत्रलाई व्यवस्थित, मर्यादित र विश्वसनिय बनाउन आवश्यक, थोरै जम्मा धेरै प्रतिफल



बुटवल । सवारी धनी, चालक र मजदुरको पारिवारिक सुरक्षा मुख्य उद्देश्यका साथ स्थापित पश्चिम नेपाल यातायात बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा सैनामैनामा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै सैनामैना नगरपालिकाका नगर प्रमुख फणिन्द्र शर्माले सहकारी क्षेत्रलाई व्यवस्थित, मर्यादित र थप बिश्वसनिय बनाउन आवश्यक रहेको बताएका छन ।

यातायात क्षेत्र समग्र नेपालकै विकासको आधार भएको बताउदै प्रमुख शर्माले यातायात व्यवसायी, मजदुर र सम्बद्ध कर्मचारी आवद्ध रहेको सहकारीसँग सहकार्य गरेर अघि बढ्ने बताए । पछिल्लो समय यातायात क्षेत्रले निकै फड्को मारेको बताउदै प्रमुख शर्माले सडक पूर्वाधार निर्माणमा सरकार गम्भिर हुन आवश्यक रहेको बताए । करोडौं लगानी गरेर भित्राइएका सवारी साधनहरु गुडाउदा सडकको दुरावस्थाका कारण व्यवसायीहरु मारमा परेको बताए ।

नेपाल जस्तो विकासउन्मुख मुलुकमा सहकारी क्षेत्र आर्थिक बिकासको मेरुदण्ड भएकोले यसको सिद्धान्त र गरिमालाई पनि बचाएर अघि बढ्न प्रमुख शर्माले आग्रह गरे ।

पश्चिम नेपाल बस ब्यबसायी प्रालि तथा सहकारीका अध्यक्ष दधिराम खरेलले ब्यबसायी, मजदुर र तिनका परिवारलाई समेत उत्थान गर्ने सहकारीको निति रहेको उल्लेख गर्दै जिवनभर यातायात क्षेत्रमा काम गरेका ब्यबसायी र मजदुरहरु जिवनको उत्तराद्र्धमा खाली हात घर फर्किनुपर्ने अवस्थाको अन्त्य गरिने बताए ।

यसका लागि तिनै तहका सरकारको सहयोग र सहकार्यको आवश्यक्ता रहेको कुरामा उहाको जोड थियो । सस्थाले २००६ र २००७ मोडलका ४१ वटा सवारी साधनलाई विस्थापित गरेको छ । हाल प्रालीले आफ्नै मातहत लगानीमा पश्चिम नेपाल टायर्स एण्ड ट्रिट प्राली समेत संचालन गरि सुपथ मूल्यमा व्यवसायीहरुलाई विक्री वितरण गरेको खरेलको भनाई छ ।

दोस्रो चरणको साधारण सभामा बोल्दै अध्यक्ष खरेलले प्रालीले २०६६ साल देखि नै निरन्तर रुपमा आन्तरिक सवारी व्यवस्थापन, अनुगमन तथा दुर्घटना न्यूनिकरणको कार्यक्रम संचालन गर्दै आएको छ जस्का कारण दुर्घटनामा समेत कमी आएको बताए । चालकलाई डिजिटल माध्यमबाट परिचयपत्र बनाई वितरण गरिएको प्रालीबाट प्रदान गरिने हरेक सेवालाई प्रविधि मैत्री सेवा विस्तारका लागि विशेष योजना बनाएको र प्रालीबाट संचालित स्तरिय र ब्राण्डेड सवारी साधनमा जिपिएस, सिसि क्यामेरा साथै गति मापनयन्त्र जडान कार्यसमेत भैरहेको अध्यक्ष खरेल बो भनाइ छ ।
कार्यक्रममा तत्कालिन संघका पुर्व अध्यक्ष सूर्यबहादुर भट्टराईले विगतको तुलनामा यातयातको क्षेत्रले निकै फड्को मारेको बताए । उनले हिजो यातयात व्यवसायीलाई हेर्ने दृष्टिकोण आज परिवर्तन भएको बताउदै यातयात क्षेत्रमा काम गर्ने हरेक मजदुरहरुकोे आनीवानी र रहनसनमा समेत सुधार आउनुका साथै उनिहरु स्वरोजगार मजदुर समेत बनिसकेको बताए ।

सहकारीका उपाध्यक्ष जिवनकुमार बन्जाडेले हाल सहकारीमा २ सय ५८ जना महिला शेयर सदस्य र १ हजार ८ सय ९२ पुरुष शेयर सखस्य गरि २१ सय ८५जना शेयर सदस्यहरु रहेको बताए । यातायात व्यवसायी, कर्मचारी र मजदुरहरुको आर्थिक अवस्थालाई सबलिकरण गर्ने उद्धेश्यले २०७८ सालमा स्थापना गरिएको उक्त सहकारी संस्थाले शेयर सदस्यहरुका लागि १५ देखि २२ लाख बराबरको दुर्घटना विमाको व्यवस्था गरिएकोे प्रवन्धक रामचन्द्र भुसालको भनाई छ ।

सो अवशरमा विगत २५ वर्षदेखि निरन्तर रुपमा चालकका रुपमा काम गर्दै आएको र कुनै पनि दुर्घटना नगरेका असल चालक गोपालबहादुर आले मगर, असल कर्मचारीका रुपमा सैनामैनाका बाबुराम हमाल तथा स्वरोजगार व्यवसायी डिलुराम पाठकलाई सम्मान समेत गरिएको थियो । तिन चरणमा सम्पन्न हुन लागेको साधारण सभाको यस अघि १७ गते परासी क्षेत्र तथा आसपासका शेयर धनिहरुलाई समेटेर साभारण सभा सम्पन्न गरिसकेको छ भने २१ गते तिलोत्तमाको वनवाटीकामा तेस्रो चरणको साधारणसभा सम्पन्न हुने जनाइएको छ ।

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  १२ : ३९ बजे

ईक्यान रुपन्देही र बुटवल हस्पिटलबीच स्वास्थ्य सेवामा छुट दिने सम्झौता

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) रुपन्देही र बुटवल

यौनिक तथा लैगिक अल्पसंख्यक समुदायको अधिकारको विषयमा छलफल

बुटवल । निल हिरा समाज, रुपन्देहीको आयोजनामा बुधबार भैरहवामा यौनिक

दूरसञ्चार क्षेत्र सुधारमा सरकार गम्भीर, ‘फाइभजी’ सेवा सुरु गर्ने तयारीमा छौँः सञ्चारमन्त्री डा तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले सरकारले

नीति तथा कार्यक्रम कार्यान्वयनमा उतार्न रुपन्देही चेम्बरको माग

बुटवल । चेम्बर अफ कमर्स रुपन्देहीले सरकारद्वारा प्रस्तुत आगामी आर्थिक

प्रतिपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह प्रतिनिधिसभा बैठकमा उपस्थित नभएपछि उत्पन्न