२ चैत्र २०८२, सोमबार | March 16, 2026

मिनी म्याराथनको उपाधी विशाल र सामनालाई



बुटवल । रुपन्देहीमा सम्पन्न मिनी म्याराथन प्रतियोगिताको उपाधी बिशाल पाण्डे र सामना सारुले जितेका छन ।

‘स्वास्थ्यका लागि दौड’ नारासहित नेपाल चिकित्सक संघ लुम्बिनी शाखाको आयोजनामा भएको ८ किलोमिटर दौड ३८.२० मिनेटमा दुरि पार गर्दै पुरुषतर्फ विशाल पाण्डे र ५२.२० मिनेटमा दुरी पार गर्दै महिलातर्फ सामना सारु प्रथम भईन । उपाधि विजेता पाण्डे र सारुले नगद २० हजार रुपैया, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भए ।

प्रतियोगितामा पुरुषतर्फ टेकराज गौली ३९.०७ मिनेटमा दुरि पार गर्दै दोस्रो तथा विशाल बस्नेतले ४८.४४ मिनेटमा दुरि पार गर्दै तेस्रो भए । यसैगरि महिलातर्फ ममता पाण्डेले ५२.४२ मिनेटमा दुरि पार गर्दै द्घितिय तथा शोभा थापा ५७.०८ मिनेटमा दुरि पार गर्दै तृतिय भईन । प्रतियोगितामा दोस्रो तथा तेस्रो स्थान हासिल गर्नेलाई नगद १५ र १० हजार रुपैया, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिएको छ । विजेता, उपविजेताहरुलाई पुरस्कार वितरण गरिएको छ ।

कार्यक्रमको एक समारोहका बिच नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सचिवमा डा.रोशन पोखरेलले उद्घाटन गर्दै स्वास्थ्यका लागि ब्यायाम जरुरी हुने भन्दै लुम्बिनी शाखाबाट सचेतना जगाउने गरि महत्वपूर्ण कार्यक्रम गरिएको बताए ।

कार्यक्रममा नेपाल चिकित्सक संघ, लुम्बिनी शाखाका अध्यक्ष डा.कृष्ण खरेलले ब्यवसायिक हकहितसंगै सामाजिक उत्तरदायित्वमा संस्थागत रुपमा लागेको बताए । यो वर्ष खेलकुद र मानव स्वास्थ्यलाई जोडेर अभियानका रुपमा कार्यक्रमहरु अघि बढाएका उनले बताए ।

कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाड, लुम्बिनी प्रादेशिक अस्पतालका मेसु ईन्द्र ढकाल, पुर्व मेसु डा प्रायश्चित श्रेष्ठ, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, अधिकारकर्मी गोबिन्द खनाल, खेलकुद पत्रकार मंच रुपन्देही शाखाका अध्यक्ष सुमन अधिकारी, उपाध्यक्ष डा.वर्षा थापा, कोषाध्यक्ष डा.रमेश भट्टराई, सहसचिव डा.मोहन तिवारी, सदस्यहरु डा.राजेन्द्र बश्याल, डा.सदिक्षा बश्यालले समुदायलाई जोडेर अभियानका कार्यक्रमलाई जोड्न जरुरी रहेको बताए ।

राजमार्ग चौराहबाट शुरु भएको कार्यक्रम मंगलपुरस्थित साईनो केन्द्र रिह्यावमा समापन गरिएको थियो ।

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  १ : २७ बजे

दुई छोराछोरीसहित आमा सम्पर्कविहीन

कर्णाली । सुर्खेतको गुर्भाकोट नगरपालिका-११ पिप्ले गाउँकी माया कठायत दुई

वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

काभ्रेपलाञ्चोक । पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको हाल स्थायी रूपमा

बागमती प्रदेश सरकारको आठ महिनाको खर्च १७ दशमलव १२ प्रतिशत

बागमती । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को

नवलपरासी कारागारका १८० कैदी अझै फरार

नवलपरासी । ‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न तनावग्रस्त परिस्थितिका कारण नवलपरासी

म्याग्दीको रणवाङ-दरवाङ खण्डको सडक अलपत्र

म्याग्दी । म्याग्दीको बेनी–दरबाङ सडक आयोजनाअन्तर्गत तेस्रो (रणवाङ–दरवाङ) खण्ड अलपत्र