७ आश्विन २०८३, बुधबार | September 23, 2026

बैंकिङ प्रणालीबाट आज फेरि ५० अर्ब तान्दै राष्ट्र बैंक



काठमाडौं, । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आईतबार ५० अर्ब रुपैयाँ उठाउने भएको छ । बैंकका अनुसार बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएकोले नियमित निक्षेप बोककबोल माध्यमबाट तरलता प्रशोचन गर्न लागेको हो ।

केन्द्रिय बैंकले २१ दिनका लागि निक्षेप संकलन बोलकबोल मार्फत ५० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको हो ।
निक्षेप बोलकबोलका लागि आज दिउँसो २ बजे सम्मको समय निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुले अधिक तरलताको ३ खर्ब ३५ अर्ब ७० करोड रुपैयाँ राष्ट्र बैंकमा राखेका छन् । बैंकहरुले निक्षेप संकलन उपकरणमा २ खर्ब २७ अर्ब ४० करोठ तथा स्थायी निक्षेप सुविधा (एसडीएफ) मा १ खर्ब ८ अर्ब ३० करोड रुपैयाँ राखेका छन् ।

यसअघि गत पुस १७ गते मात्रै केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण मार्फत २१ दिनका लागि ४० अर्ब तरलता प्रशोचन गरेको थियो । सो दिन राष्ट्र बैंकहरुले २८ अर्ब मात्रै राष्ट्र बैंकमा बुझाएका थिए । जसको औसत ब्याजदर २.९९ प्रतिशत कायम भएको थियो ।  चालु आर्थिक वर्ष सुरु भए यता निक्षेप संकलन उपकरण मार्फत राष्ट्र बैंकले ३६ पटकमा १३ खर्ब ३९ अर्ब २५ करोड रुपैयाँ खिचेको छ ।

पछिल्लो समय बैंकिङ प्रणालीमा निक्षेप (डिपोजिट) बढिरहेको तर सोही अनुसार कर्जा माग नहुँदा तरलता थुप्रिरहेको छ ।

राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार हाल वित्तीय प्रणालीको निक्षेप ६६ खर्ब ७८ अर्ब नाघेको छ भने ५३ खर्ब ६३ अर्ब कर्जा लगानी पुगेको छ । हाल बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) औसतमा ७९.०१ प्रतिशत कायम रहेको छ । बैंकहरुले यस्तो अनुपात ९० प्रतिशतसम्म कायम गरेर लगानी गर्न पाउँछन् । बैंकहरुको हालको सीडी रेसियो हेर्दा बैंकहरुमा ६ खर्ब ४७ अर्ब रुपैयाँ लगानीयोग्य रकम रहेको देखिन्छ ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  १ : १३ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई