१५ माघ २०८२, बिहिबार | January 29, 2026

बढ्यो गाडीभाडा, कहाँबाट कहाँ पुग्दा कति लाग्छ भाडा ? (विवरण सहित)



काठमाडौं। सरकारले सार्वजनिक यातायातको भाडा बृद्धि गरेको छ । सोमबारबाट लागु हुने गरी सरकारले गाडी भाडा बढाउने निर्णय गरेको हो ।

दुई वा सोभन्दा बढी प्रदेश भई सञ्चालन हुने (राष्ट्रिय स्तरका सार्वजनिक यातायातका रुटमा सञ्चालन हुने) सार्वजनिक यातायातका सवारीको भाडा समायोजन गरिएको विभागले जनाएको छ । पछिल्लो सयम ष्तवर्षको ३१ साउनमा भाडा समायोजन भएपछि आज नयाँ भाडादर तोकिएको विभागदेवार प्रकाशित सूचनामा उल्लेख छ ।

यात्रुबाहक सवारी साधनको सवारी भाडा ३.३० प्रतिशतले बढेको छ भने पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ०.०५ प्रतिशतले बढाउने निर्णय भएको विभागले जनाएको छ ।

भाडा बढाउन लामो समयदेखि यातायात व्यवसायीहरुले माग गदैृ आएपनि भौतिक, पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ११ पुस २०८१ मा विभागलाई सहमति दिएसँगै विभागले भाडा बढाएको हो । विभागले समयमा भाडा समायोजन नगरेपछि कतिपय रुटहरुमा व्यवसायीले आफुखुसी भाडा असुली गर्दै आएका थिए ।

विभागका अनुसार सार्वजनिक यातायात सञ्चालनसँग सम्बन्धित लगानी तथा खर्च सम्बन्धमा विभागले गरेको अध्ययन तथा विश्लेषण, सरोकारवाला पक्षसँग गरिएको परामर्श समेतका आधारमा भाडा बढाइएको हो ।

डिलक्सले २० प्रतिशत थप भाडा लिन सक्ने

तोकिएको भाडामा डिलक्स सुविधा लिएका सार्वजनिक सवारी साधनले २० प्रतिशतसम्म थप रकम लिन सक्ने र सुपर डिलक्सले डिलक्सको भाडादरमा थप २० प्रतिशत थप भाडा लिन सक्ने विभागले जनाएको छ । यसका लागि ब्लू बुकमा डिलक्स सुविधा लिएको उल्लेख हुनुपर्ने प्रावधान राखिएको छ।

यद्देपी ब्लुबुकमा डिलक्स कायम गरिएका सवारीहरुमा डिलक्सको सुबिधा नहुने गरेको यात्रुहरुले गुनासो गर्दै आएका छन् ।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  ६ : ५६ बजे

कमला नदीमा अस्थायी ‘डाइभर्सन’

सिरहा । हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा सिमानामा पर्ने कमला

उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको

निर्वाचन आउन ३५ दिन बाँकी : यसपटक निर्वाचनमा नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति

काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सकेसम्म

बाँके-३ का रास्वपा उम्मेदवार खगेन्द्र सुनारलाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट बाँके क्षेत्र नम्बर

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौँ । मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा