९ पुस २०८२, बुधबार | December 25, 2025

सकियो एमाले केन्द्रीय कमिटी बैठक : ‘संबिधान संशोधन २०८७ सालमा’



काठमाडौं । संबिधान संशोधनलाई मुख्य एजेण्डा बनाएर गठन भएको कांग्रेस एमाले गठबन्धनको सरकार संबिधान संशोधनबाट पछि हट्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले २०८७ सालमा मात्र संबिधान संशोधन हुने घोषणा गरेसँगै सरकार संबिधान संशोधनबाट पछि हट्ने निश्चित भएको हो ।

सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठक समापन गर्दै एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले दाहराएर तत्काल संविधान संशोधन नहुने र २०८७ मा मात्र संशोधन हुने बताएका छन् । प्रधानमन्त्री ओलीले संविधानमा केही त्रुटि रहेकाले संशोधन गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै तर ०८७ मा मात्रै संशोधन हुने बताए ।

आफु अनुकुल संशोधन गर्न दुबै संसदको गणीतमा संख्या नपुग्ने ठहर सहित प्रधानमन्त्री संबिधान संशोधनको एजेण्डाबाट पछि हटेको आँकलन गरिएको छ । प्रधानमन्त्रीले बैठकमा राष्ट्रियसभाको अंक गणितका कारण संशोधन सम्भव नभएको बताएका थिए । ‘संविधान संशोधन त गर्ने नै हो । तर ०८७ मा ।’ उनले बैठकमा भने ।

अध्यक्ष ओलीले बहुसंख्यत केन्द्रीय सदस्यहरुले विन्दा पाण्डे र उषाकिरण तिम्सेनालाई गरिएको निलम्बन फिर्ता गर्नुपर्ने माग गरेपनि कारवाही फिर्ता नहुने बताए । उनले माफी नमागेसम्म निलम्बन फिर्ता नहुने बताए ।

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  ६ : १२ बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना