१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

सकियो एमाले केन्द्रीय कमिटी बैठक : ‘संबिधान संशोधन २०८७ सालमा’



काठमाडौं । संबिधान संशोधनलाई मुख्य एजेण्डा बनाएर गठन भएको कांग्रेस एमाले गठबन्धनको सरकार संबिधान संशोधनबाट पछि हट्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले २०८७ सालमा मात्र संबिधान संशोधन हुने घोषणा गरेसँगै सरकार संबिधान संशोधनबाट पछि हट्ने निश्चित भएको हो ।

सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठक समापन गर्दै एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले दाहराएर तत्काल संविधान संशोधन नहुने र २०८७ मा मात्र संशोधन हुने बताएका छन् । प्रधानमन्त्री ओलीले संविधानमा केही त्रुटि रहेकाले संशोधन गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै तर ०८७ मा मात्रै संशोधन हुने बताए ।

आफु अनुकुल संशोधन गर्न दुबै संसदको गणीतमा संख्या नपुग्ने ठहर सहित प्रधानमन्त्री संबिधान संशोधनको एजेण्डाबाट पछि हटेको आँकलन गरिएको छ । प्रधानमन्त्रीले बैठकमा राष्ट्रियसभाको अंक गणितका कारण संशोधन सम्भव नभएको बताएका थिए । ‘संविधान संशोधन त गर्ने नै हो । तर ०८७ मा ।’ उनले बैठकमा भने ।

अध्यक्ष ओलीले बहुसंख्यत केन्द्रीय सदस्यहरुले विन्दा पाण्डे र उषाकिरण तिम्सेनालाई गरिएको निलम्बन फिर्ता गर्नुपर्ने माग गरेपनि कारवाही फिर्ता नहुने बताए । उनले माफी नमागेसम्म निलम्बन फिर्ता नहुने बताए ।

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  ६ : १२ बजे

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा

आगामी बजेट : सुरु भइसकेका योजना प्राथमिकतामा, नयाँ योजनाको लाभ-लागत विश्लेषण अनिवार्य

काठमाडौं । हाल काम सुरु भइसकेका तथा क्रमागत प्रकृतिका आयोजनालाई

शासकीय सुधारका एक सय कार्यसूचीमा ‘डिजिटल’ शासन

काठमाडौँ । सरकारले शासकीय सुधारका एक सय कार्यसूचीमार्फत ‘डिजिटल’ शासन

रास्वपा सभापति रवि लामिछाने र महन्थ ठाकुरबीच भेट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट