१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

शान्ति प्रक्रियालाई पूर्णता दिन सडक दबाब आवश्यक हुनसक्छ : प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्तिप्रक्रिया र सङ्क्रमणकालीन न्यायसम्बन्धी बाँकी काम टुङ्ग्याउन दबाब सृजना गर्नुपर्ने बताएका छन ।

बेपत्ता योद्धा राजेन्द्र ढकालको २६ औँ स्मरण दिवसका अवसरमा आज यहाँ आयोजित ‘शान्ति प्रक्रिया र बेपत्ता नागरिकको सार्वजनिकीकरणको सवाल’ विषयको कार्यक्रममा उहाँले शान्तिप्रक्रियालाई निष्कर्षमा पु¥याउन सबैले दबाब सिर्जना गर्नुपर्ने अवस्था उत्पन्न भएको बताए ।

शान्तिप्रक्रियालाई निष्कर्षमा पुग्न नदिन केही तत्व लागेका उल्लेख गर्दै उनले भने, “ शान्तिप्रक्रियालाई जटिल मोडमा पु¥याउने प्रवृत्ति पनि देखिएको छ, त्यो तत्वले टुङ्गिन लागेको शान्तिप्रक्रियालाई रोकिराखेको छ ।”

शान्तिप्रक्रिया र सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयलाई चाँडो टुङ्गोमा पु¥याउन सबै राजनीतिक दल इमान्दार हुनुपर्नेमा जोड दिँदै उनले यससम्बन्धमा नेपाली कांग्रेस र नेकपा (एमाले)सँग छलफल गर्ने बताए ।

एमाले नेता अग्नि खरेलले शान्तिप्रक्रियालाई टुङ्गो लगाउन सरकार र आफ्नो पार्टी इमान्दार रहेको बताए । “शान्तिप्रक्रियालाई सफल बनाउन सरकार सकारात्मक छ, एमाले केन्द्रीय समिति बैठकमा पेस भएको दस्तावेजमा पनि शान्तिप्रक्रियालाई निष्कर्षमा लैजाने विषय उल्लेख छ”, उनले भने, “शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउन सरकार र विपक्षी दल एक ठाउँमा उभिनुपर्छ ।”

पूर्वकानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले सङ्क्रमणकालीन न्यायलाई टुङ्ग्याउन कानुनी पक्षलाई मात्र नहेरी द्वन्द्वपीडित दुवैपक्षबीच सहमति एवं विश्वासको वातावरण बन्नुपर्नेमा जोड दिए ।

नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय टुङ्ग्याउन विलम्ब भएमा मुलुकको छवि अन्तर्राष्ट्रिय रुपमा धुमिल हुने बताए ।

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  २ : ३८ बजे

आगामी बजेट : सुरु भइसकेका योजना प्राथमिकतामा, नयाँ योजनाको लाभ-लागत विश्लेषण अनिवार्य

काठमाडौं । हाल काम सुरु भइसकेका तथा क्रमागत प्रकृतिका आयोजनालाई

शासकीय सुधारका एक सय कार्यसूचीमा ‘डिजिटल’ शासन

काठमाडौँ । सरकारले शासकीय सुधारका एक सय कार्यसूचीमार्फत ‘डिजिटल’ शासन

रास्वपा सभापति रवि लामिछाने र महन्थ ठाकुरबीच भेट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट

संसद सचिवालयले बोलायो सर्वदलीय बैठक

काठमाडौं । संसद् बैठकको तयारीका विषयमा छलफल गर्न संसद सचिवालयले